26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेमा घट्दो संक्रमणदर, ७५ थपिदाँ, ३६५ डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८  

नेपालगञ्ज ।

पछिल्लो केही दिनयता बाँकेमा नयाँ थपिने कोरोना संक्रमितको संख्यामा कमी आएको छ ।

निषेधाज्ञा लगाएदेखि पहिलोपटक पछिल्लो २४ घण्टामा दुई अंकमा संक्रमित थपिएका छन् । सोमबार पछिल्लो २४ घण्टामा ७५ नयाँ संक्रमित थपिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ३५ महिला र ४० पुरुषमा संक्रमण पुष्टि भएको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा २० महिला र १८ पुरुष गरि ३८ तथा बागेश्वरीको ल्यावमा गरिएको परीक्षणमा १५ महिला र २२ पुरुष गरेर ३७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ६ सय ९ पुगेको छ । तीमध्ये ६ हजार ६ सय ३५ महिला र ८ हजार ९ सय ७४ पुरुषहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७५ जना नयाँ संक्रमित थपिदाँ जिल्लामा ३ सय ६५ संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । केन्द्रका फोकल पर्सन ओलीका अनुसार १ सय ९० महिला र १ सय ७५ पुरुष गरेर ३ सय ६५ डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १२ हजार ४ सय ८५ पुगेको छ । तीमध्ये ५ हजार २ सय १२ महिला र ७ हजार २ सय ७३ पुरुषले कोरोना जितेका छन् । जिल्लामा सोमबार साँझसम्म १ हजार ३ सय २० महिला र १ हजार ५ सय ६४ पुरुष गरेर २ हजार ८ सय ८४ संक्रिय संक्रमित रहेका छन् ।

२ हजार ५ सय २६ होम आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । होम आइसोलेसनमा रहनेहरुमा १ हजार १ सय ५ महिला र १ हजार ४ सय २१ पुरुषहरु रहेका छन् ।

अस्पताल तथा आइसोलेसन सेन्टरमा रहनेहरुको संख्या ४ सय ७५ रहेको छ । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा १३ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । ३ जना बाँके जिल्लाका र १० जना जिल्ला बाहिरका संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

उनीहरुको नेपालगञ्जस्थित भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । योसँगै बाँके जिल्लाभित्र २ सय ४० र जिल्ला बाहिरका १ सय ९४ गरेर ४ सय ३४ को मृत्यु भइसकेको छ । तीमध्ये १ सय ६३ महिला र २ सय ७१ पुरुषहरु रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     9:19:07 AM  |