29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

पाक्न लागेका अन्नबाली नष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८  

शिवु खनाल । दाङ ।

केहीदिन अघि हावाहुरीसहित परेको असिनापानीले दाङ लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँमा अन्नबाली नष्ट गरेको छ ।

गत मंगलबार बेलुका परेको असिनापानीले पाक्नै लागेको मकै, बोडी, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रा लगायतमा तरकारी र अन्नबालीमा क्षती पु¥याएको हो । असिनाले लाखौको क्षति गरिदिएपछि धनपुरुवा गाउँका किसान चिन्तित भएका छन् ।

भित्र्याउँनै लागेको अवस्थामा रहेको राजकुमार जातको मकै, बोडी, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रा लगायत अन्य अन्नबालीलाई असिनाले झारिदिनुका साथै कामै नलाग्ने गरि क्षति पु¥याएको किसानहरुले बताएका हुन् ।

यति धेरै क्षति हुनेगरी असिना परेको अहिलेसम्म नदेखेको बताउँदै लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँ निवासी रुद्रबहादुर ओलीले बताए ।

‘असिनाले नष्ट गरेको बाली देख्दा मन रुन्छ’ उनले भने । वार्षिक ४८ हजार भाडा दिने गरि गाउँमा करिब दुई विगाहा जग्गा लीजमा लिएर पहिलो पटक टमाटर, खरबुजा, काँक्रा, लौका, भान्टा लगायत व्यवसायीक खेती उनले गरेका थिए ।

‘स्वदेशमै केही गरौं भन्ने उद्देश्यका साथ पहिलोपटक व्यवसायी तर्फ आकर्षित भएको थिए । तर, यो विपत्तीले सबै लगानी बालुवामा पानी खनाएझै भयो’ ओलीले भने, ‘गाउँमै छिमेकीसँग तीन लाख ऋण काँडेर पहिलोपटक कृषि व्यवसायी सुरु गरेको थिए ।

अब त आम्दानी गर्ने बेलामा उल्टो पुनः लगानी गर्ने देखियो । दुई तर्फी नोक्सानी ब्यहोर्नुपरेको छ ।’ हावाहुरीसहित परेको असिनापानीले मकै चुटेर झारिदिएपछि बारीमा हरियो नल (डाँठ) मात्र रहेको सोही गाउँ निवासी कृषक लिलानाथ चौधरीले बताए । उनले तीन विगाहा जग्गामा राजकुमार जातको ४८ किलो मकै लगाएका थिए ।

‘गतवर्ष भन्दा यसवर्ष बाली सप्रेको बेला हावाहुरीसहित परेको असिनापानीले मकै क्षति पु¥याउँदा एकलाख बराबरको नोक्सानी भएको छ’ उनले भने ।

यस्तै स्थानीय कृषक रामकृष्ण चौधरीले करिब एक विगाहा जग्गामा लगाएको बोडी, भिन्डी, करेला, खरबुजा लगायत अन्य अन्नबाली हावाहुरीसहित परेको असिनापानीले क्षति पु¥याउँदा करिब एकलाख पचास हजार बराबरको नोक्सानी व्यहोर्नु परेको बताए । ‘यही अन्नबाली बिक्री गरेर धानको बिउ, मलखाद किन्ने तयारी भैइरहेको थियो तर, बाली सबै असिनापानिले नष्ट ग¥यो’ उनले भने ।

पन्ध्र मिनेटमै स्वाहा

हावाहुरीसहित परेको असिनापानीले छिनभरमै अन्नबाली नष्ट भएको धनपुरुवा गाउँका स्थानीय कृषकहरुले बताएका छन् ।

पाक्नै लागेको मकै र बिक्रिको सिजन सुरुभएको बोडी, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रा लगायत अन्य अन्नबाली असिनापानीले नष्ट गरिदिएको स्थानिय रमा चौधरीले बताइन् ।

‘तीन बजे तिर हावाहुरीसहित परेको असिनापानीले पन्ध्र मिनेटमै खेतबारीमा रहेको अन्नबाली सबै सखाप पा¥यो । केही बाँकी राखेन । अब कसरी छाक टार्ने भन्ने कुरामा धनपुरुवा गाउँका कृषकहरु चिन्तित बनेका छन्’ उनले भनिन्, ‘वर्षदिनसम्म खाने अन्न भित्र्याउँने बेला सखाप पारिदियो ।’

यस्तै हावाहुरीसहित परेको असिनापानीले दाङ देउखुरी धनपुरुवा गाउँस्थित सबैभन्दा बढी मकै खेतीमा क्षति पु¥याएको छ ।

केहीदिन अगाडि आएको असिना पानिले दाना लागेको मकै २० र कोषा नलागेको मकै ६० गरि ८० प्रतिशत मकै खेतीमा ठूलो नोक्सानी पु¥याएको छ ।

धनपुरूवा गाउँमा करिब ९० विगाहा क्षेत्रफलमा मात्रै ८० प्रतिशत मकै खेतीमा असिनापानिले नोक्सानी गरेको छ भने १३ विगाहा क्षेत्रफलमा तरकारी खेतीमा नोक्सानी पु¥याउँदा करिब करिब ५० लाखको बराबरको नोक्सानी भएको कृषक बसन्त चौधरीले जानकारी दिए ।

‘भर्खरै विक्रि गर्ने सिजन सुरु भएको बेला असिनापानिले सबै अन्नबाली नष्ट ग¥यो’ उनले भने, ‘तरकारी मनग्ये उब्जनी भएपछि यस गाउँबाट दैनिक रुपमा चारदेखि पाँचवटा गाडीमा तरकारी बाहिर जाने गथ्र्यो । तर अहिले सबै अन्नबाली नष्ट भएको छ ।

लगानीको प्रतिफल पाउने बेला यस्तो विपत आइलाग्यो ।’ यता लमही लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले असिनाले क्षति पु¥याएको क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको जानकारी दिए ।

के कति क्षति भयो अझै एकिन नभएपनि सयांै हेक्टरमा लगाइएको मकै, अन्य तरकारी खेतीमा लाखौंको नोक्सान भएको प्रारम्भिक जानकारी आएको जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     1:53:49 PM  |