9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोरोना संक्रमित भएपछि कंगनाले लेखिन्–‘भाइरसलाई हराउनेछु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८  

नायिका कंगना रनावतले आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा ध्यान गर्दै गरेको एक तस्वीर पोष्ट गरेर उनले आफ्नो रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेकी हुन् ।

कंगनाले केही दिनदेखि आफूले थकान महशुश गरेको र आँखामा समेत अप्ठ्यारो महशुश भएको उल्लेख गरेकी छिन् । यसपछि, परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको कंगनाको तर्क छ ।

कंगनाले सामाजिक संजालमा लेखेकी छिन्–‘मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई केही आइडिया नै थिएनँ कि यो भाइरसले मेरो शरीरमा पार्टी गरिरहेको थियो । अब मलाई थाहा भयो, यसैले म यो भाइरसलाई ध्वस्त पार्नेछु ।

आफूमाथि कुनै पनि शक्ति हावी हुन दिन हुँदैन । यदि, यो भाइरससँग डराउने हो भने यसले झनै आक्रमण गर्छ । आउनुहोस्, सबै मिलेर यसलाई ध्वस्त बनाऔं । कोभिड १९ केही पनि होइन, यो सामान्य फ्लू हो ।’

प्रकाशित मितिः आइतवार, बैशाख २६, २०७८     10:20:07 AM  |