5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

नेपालभर कोरोना ग्राफ, ७६६० थपिए, ५५ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८  

कोहलपुर ।

देशभर पछिल्लो २४ घण्टामा मंगलबार कोरोना भाइरस संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा मृत्यु हुनेको संख्या ५५ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म तीन हजार ४१७ जनाको मृत्यु भएको छ । यो सोमबार मृत्यु हुनेको संख्या भन्दा १८ जना बढी हो । यसअघि सोमबार ३७ जना र आइतबार २७ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत थिए । नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ । ९ वर्ष मुनिका १७४ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहमा ४५२ जना कोरोना संक्रमित भेटिएका थिए । यस्तै रुपन्देहीमा ३६९ जना, कास्कीमा २४७ जना, मोरङमा २४६ जना, चितवनमा २२६ जना र दाङमा २०१ जनामा कोरोना संक्रमित थपिएका छन् । यस्तै बाँकेमा १९२, झापामा १७४, कैलालीमा १४०, सुनसरी र सुर्खेतमा १२४÷ १२४ जना, काभ्रेपलाञ्चोकमा ११७, पर्सामा ११२, धनुषामा १०४ जनामा कोरोना संक्रमित थपिएका थिए ।

यस्तै नुवाकोटमा ८३, धादिङमा ७५, मकवानपुरमा ६९, महोत्तरीमा ६५, कपिलवस्तुमा ६४, डोटीमा ५०, डडेल्धुरामा ४७, पाल्पामा ४८, बैतडीमा ४२,गोरखामा ३८, बारामा ३६ , नवलपरासी पूर्वमा ३५, दैलेखमा ३४, सप्तरीमा ३३ तथा सर्लाही र सिन्धुलीमा ३२÷३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै अछाममा ३०, सिराहा, सिन्धुपाल्चोक र बर्दियामा २८÷२८ जना, अर्घाखाँचीमा २७, रौतहट र गुल्मीमा २६÷२६ जना, रामेछापमा २४, लमजुङ २३, दोलखामा २२, नवलपरासी पश्चिम २१, तनहुँ र स्याङ्जामा २०÷२० जना, जुम्ला र सल्यानमा १८÷१८ जना, पर्वत र रोल्पामा १७÷१७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी ओखलढुंगामा १६, प्युठान र कञ्चनपुरमा १२÷१२ जना, म्याग्दीमा ११, उदयपुरमा १०, इलाम र रसुवामा ९÷९ जना, बागलुङ र जाजजरकोटमा ७÷७ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५÷५ जना, रूकुम र कालिकोटमा ४÷४ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु, रूकुम पश्चिम र दार्चुलामा ३÷३ जना, डोल्पा र मुगुमा २÷२ जना तथा भोजपुर, हुम्ला,बझाङ र बाजुरामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     10:02:43 AM  |