25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सिधै भारतबाट घर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

जाजरकोट – कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरूलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् ।

प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन । जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसाेलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ ।
(रासस)

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     2:50:52 PM  |