कोहलपुर :
बाँके जिल्लाको एकमात्र सरकारी अस्पताल भेरी अस्पतालमा बुधबार सम्म कुल १ सय ४० जना कोरोना संक्रमित भर्ना भएका छन् । दैनिक सयौको संख्यामा कोरोना संक्रमण पुष्टि भइरहेको छ । ती मध्ये ५६ जना महिला र ८४ जना पुरुष रहेका छन ।
३६ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।उनका अनुसार ५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बुधबार सम्म ७ सय ३५ जना कोरोना संक्रमित पुगेका छन् । आजदेखि आगामी १५ गते रातिसम्म लागु हुनेगरी नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ ।भेरी अस्पतालसँग रहेको कुल १ सय ४२ क्षमताको कोभिड वार्ड अहिले पुरै भरिएको छ । ती मध्ये ९५ बेडको जनरल, ४० बेड आईसियु र भेन्टिलेटरसहितको ७ वटा बेड रहेको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापा अस्पतालसँग उपलब्ध रहेको १ सय ४२ बेड प्याक भइसकेको बताए । कोरोनाको ग्राफ उच्च भएकोले अस्पताललाई थेग्न गाह्रो भएको बताए ।