मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २२, २०७७
कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ मा प्रथम जिल्ला स्तरीय दुई दिने डोजाङ्ग प्रमुख प्रशिक्षण कार्यक्रम समापन भएको छ । शुक्रबारदेखि सञ्चालन भएको डोजाङ्ग प्रमुख प्रशिक्षण कार्यक्रम तेकान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा मगरले शनिबार समापन गरेका थिए ।
समापन कार्यक्रममा मगरले तेकान्दो संघमा आबद्धमा भएका डोजाङ्ग प्रमुखहरुको ऐक्यबद्धता हुने जरुरी रहेको बताए । यस्तै बरिष्ठ प्रशिक्षक जंग बिर चौधरी, सहायक प्रशिक्षक नेत्र बहादुर मगर, बाँके जिल्ला तेकान्दो संघका सचिव प्रकाश लामिछानेले बेसिक लेभल, फाइटिङ्ग लेभल, पुम्पे विद्या लगायतमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा ३२ जना सहभागिता रहेको थियो । सो कार्यक्रममा कोहलपुर वडा नम्बर १ का अध्यक्ष गोपीलाल खनालको उपस्थिति रहेको
थियो ।