सुदूरपश्चिम प्रदेश कैलालीको मोहन्याल गाउँपालिकाले अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा दिएको छ ।
अध्यक्ष नवल सिंह रावलको आज ७७ वर्षको उमेरमा मष्तिष्कघातका कारण निधन भएको हो ।
अध्यक्षको निधनको शोक मनाउनका लागि गाउँपालिकाले पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए ।
गाउँपालिकाका सातैवटा वडामा भोलिदेखि पाँच दिनसम्मका लागि सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले नै सो निर्णय गरेपछि आफूहरूले यस विषयमा प्रतिकार गर्न नसकेको शर्मा बताउँछन् ।
अध्यक्ष सिंहको आज उपचारको क्रममा काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा बिहान साढे १० बजे निधन भएको हो ।
एम्बुलेन्समार्फत उनलाई आफ्नै गृहनगर पु¥याइँदै छ । मोहन्याल गाउँपालिकाका वडा नम्बर ६ स्थित सोल्टाका सिंहको अन्त्येष्टि भोलि बिहान ९ बजे हुने शर्माले बताए ।









प्रतिक्रिया दिनुहोस्