20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपाल मगर संघको भेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७  

कोहलपुर 

नेपाल मगर संघको प्रथम भेला नरैनापुर गाउँपालिकामा सम्पन्न भएको छ । नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य एव सचिवलाय सदस्य आश्माले पुन मगरको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । मगंलबार सम्पन्न भेला नरैनापुर गाउँपालिका स्तरीय कार्य समिति समेत गठन गरिएको छ ।

सिता पुन मगरको अध्यक्षतामा २२ सदस्यीय नरैनापुर समिति गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा तजे पुन मगर,सचिव तिलसरा राना मगर, कोषाध्यक्ष हरिकला घर्तीमगर, सह सचिव अन्जुबुढा मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा विना श्रीस मगर, सन्त बहादुर घर्तीमगर, बेलमति श्रीस मगर, बुद्धिराम पुन मगर,धनबहादुर श्रीस मगर, छवि रैजली मगर, तिलबहादुर घर्ती मगर रहेका छन् ।

अन्य सदस्यहरुमा डिला बुढा मगर, पूर्णकली पुनमगर, पूर्णकली थापामगर, तुल्सी बाठा मगर, जीतबहादुर बुढा मगर, लुक्मिस श्रीस मगर, भरत थापामगर, रामकुमारी थापामगर, कालीका थापामगर, पवित्रा श्रीस मगर, नन्दी बैजाली मगर, जयमति रैजाली मगर, रमेश रोका
मगर र अमृत बुढा मगर रहेका छन् । कार्यक्रम नेपाल मगर संघ कोहलपुर कार्य समितिका अध्यक्ष कृष्णबहादुर पुनमगरको अध्यक्षमा
सम्पन्न भएको हो ।

प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७     4:57:07 PM  |