कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ मा १११ औँ अन्र्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।
हरेक वर्ष मार्च ८ मा मनाइने दिवसको अवसरमा वडा नम्बर १ को कार्यालय चिसापानीको आयोजनामा दिवस मनाइएको हो । कार्यक्रमको अध्यक्षता बैजनाथ गाउँपालिकाकी कार्यपालिका सदस्य संगिता सुनारले गरेकी थिइन् ।
उक्त अवसरमा ‘हामी सबैको जिम्मेवारी, मानव बेचविखन विरुद्ध खबरदारी’ भन्ने मुल नाराका साथ हस्ताक्षर र मानव बेचविखन विरुद्ध स्ट्रिकर टाँस्ने अभियान गरिएको हो ।
जहाँ ८० जनाले हस्ताक्षर गरेको बाँके युनेस्को क्लबका सुपर भाइजर आशा गुरुङले जानकारी दिइन् । कार्यक्रमको प्रमुख अतिथि रहेकी महिला सञ्जालका अध्यक्ष जय लक्ष्मी शाहले महिला हिंसा विरुद्ध सबै एकजुट हुनुपर्ने बताइन् ।
उनका अनुसार महिलाका अधिकारका विषयमा सबैले हरेक दिन आवाज उठाउनुपर्छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, साना किसान, महिला सञ्जाल, कार्यपालिकाका सदस्यहरु, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, रुम टु रिड, वि गु्रप, बाँके युनेस्को क्लब, स्याक नेपालका प्रतिनिधि र किशोरी सञ्जाल तथा स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।