7 September 2024  |   शनिबार, भदौ २२, २०८१

चार महिला कर्मचारी सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २५, २०७७  

कोहलपुर ।

वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरले १११ औँ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा ४ उत्कृष्ट महिलाहरुलाई सम्मान गरेको छ । सोमबार एक औपचारीक कार्यक्रम गरी ४ उत्कृष्ट महिलाहरुलाई सम्मान गरेको हो । सो संस्थाले बाँके जिल्ला सञ्चालन भएका विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हो ।

सम्मान हुनेहरुमा नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाकी बित्त तथा प्रशासन सहायक सुबित्रा बुढा मगर, सुरक्षित आप्रबासन परियोजना खजुराकी मनोसामाजिक परामर्शकर्ता मुना रिजाल, कोहलपुर वडा नम्बर १ की नागरिक सहायता कक्ष सहजकर्ता गंगा बेलबासे र बैजनाथ गाउँपालिका वडा नं ५ की नागरिक सहायता कक्षमा कार्यरत दोणा कुमारी पुन सम्मानित भएका हुन् । इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले बिगत २१ वर्षदेखि हाल बाँके जिल्लाका सम्पूर्ण आठ वटै स्थानीय तहहरुमा विभिन्न बिषयगत क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताए ।

लैंगिक समानता तथा सामाजिक समावेशिकरणको सिद्धान्त अबलम्बन गरेर संस्थाले काम गरेको उनले बताए । संस्थाको कुल ९ जना कार्यसमिति मध्ये ८९ प्रतिशत महिला सदस्य छन् । जसमध्ये सचिव र कोषाध्यक्ष जस्ता महत्वपूर्ण पदमा पनि महिला नैै रहेको उनले जानकारी दिए । लैंगिक समानता संगसंगै विभिन्न जाति तथा वर्ग समूदायको पनि समावेश । हाल ९५ जना कर्मचारीहरु कार्यरत रहेको रहेको उनका भनाइ छ । जसमा ९० प्रतिशत महिला तथा विभिन्न वर्ग समुदायको प्रतिनिधत्व रहेको उनले अवगत गराए ।

सम्मान कार्यक्रममा संस्थाका कोषाध्यक्ष नाजुमा खातुनको अध्यक्षता रहेको थियो भने कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका प्रमुख नारायणी वलीको प्रमुख आतिथ्य रहेको थियो । कोहलपुर नगरपालिका महिला विकास शाखा कार्यालय प्रंगणबाट प्रारम्भ गरीएको ¥यालीमा संस्थाका सम्पूर्ण कर्मचारीहरुको ऐक्यबद्धता जनाई कोहलपुर परिषर परिक्रमा पश्चात संस्थाको कार्यालयमा उक्त सम्मान कार्यक्रम राखिएको थियो । सो कार्यक्रमको सुरक्षित अप्रवासन परियोजना (सामी) की कार्यक्रम संयोजक मिना चौधरीले कार्यक्रम संचालन गरेकी
थिइन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २५, २०७७     9:36:46 AM  |