राष्ट्रिय युवा समिती बाँकेको अध्यक्षमा खेमराज शर्मा मनोनित



काेहलपुर ।

राष्ट्रिय युवा समिती बाँकेको अध्यक्षमा खेमराज शर्मा मनोनित भएका छन् । नेकपा विभाजनपछि नेकपाको ओली समूहमा रहेका उनलाई सरकारले बाँके समितिको अध्यक्षमा मनोनित गरेको हो ।

उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले अध्यक्षमा मनोनित गरेको हो । मन्त्रालय अन्तर्गत युवा समितिले देशभर युवा सम्बन्धि गतिविधि गर्दै आएको छ ।

उनलाई शनिबार बसेको बैंठकले युवा तथा खेलकुद मन्त्रालयले मनोनित गरेको हो । अध्यक्षमा मनोनित शर्माले विद्यार्थी कालादेखि अनेरास्ववीयूबाट राजनीति शुरु गरेका हुन् । शर्मा अनेरास्ववीयू कै प्रारम्भिक कमिटीको सचिव भइसकेका छन् । यस्तै उनले लामो समय युवा संघमा समेत काम गरे । अहिले युवा संघ नेपालको केन्द्रीय सदस्य समेत छन् ।

यस अघि युवा संघ नेपाल बाँकेको सदस्य उप–सचिव हुँदै सचिव भएका थिए । उनले सरकारले आफूलाई युवा समिति बाँकेको अध्यक्षमा मनोनित गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा युवाहरुको पक्षमा काम गर्ने बताए । ‘युवा परिषदको विधि र विधान अनुसार कार्य गर्नेछु ।

यहाँका युवाहरुलाई स्वरोजगार र जिविकोपार्जन मेरो प्राथमिकता रहनेछ । जिम्मेवारी दिइएको छ । अवसर र चूनौतीको रुपमा लिएको छु ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यस अघि राष्ट्रिय युवा समिती बाँकेका अध्यक्ष कमल बस्नेत थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ९ गते आइतबार