कोहलपुर ।
कोहलपुरका प्रभात पोखरेलले राष्ट्रिय स्तरको स्लो डान्स च्याम्पियनको उपाधि हात पारेका छन् । बाँकेको नेपालगञ्जमा आयोजना गरिएको प्रतियोगितामा कोहलपुरका पोखरेल च्याम्पियन बनेका हुन् । उनी दर्जनौ प्रतियोगीहरुलाई पछि मार्दै ‘किङ्ग मञ्च नेशनल नेभल स्लो डान्स च्याम्पियनसीप’को उपाधि जित्न सफल भएका हुन् । यो सँगै उनले ७५ हजार नगद् प्राप्त गरे ।
साथै उनलाई पुरस्कारको रुपमा ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिएको छ । प्रतियोगितामा कैलाली टीकापुरका रोयल दीपेश दोस्रो र विराटनगरका सिद्धार्थ शाही तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजक जस्ट फिल दि डी डान्स एकाडेमी कोहलपुरले जनाएको छ ।
आयोजकका अनुसार दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ नगद पाएका छन् । प्रतियोगितामा सबरिना गुरुङ निर्णायक थिइन् । प्रतियोगितामा देशभरबाट २७ जनाले सहभागी जनाएका थिए । आयोजक संस्थाका अध्यक्ष किशोर हमाल ठकुरीका अनुसार प्रतियोगितामा देशभरबाट उत्साहजक सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्