सम्पादकीय : कृषि क्रान्तिको बाटो



नेपाल एक कृषि प्रधान देश हो । विकास र समृद्धि सँगसँगै कृषिमा आधुनिकरणले पनि नेपालमा पछिल्लो समय फड्को मादै गएको छ ।प्राविधिक औजारको माध्यमबाट कृषि क्रान्ति अघि बढिरहेको छ । अर्कातिर कृषि कर्महरु पलायन समेत हुँदै गएका छन् ।पछिल्लो समय कृषि सहित अन्य पेसा अंलाग्नेहरुको समेत संख्या बढ्दै गइरहेको छ ।

अहिले तीन तहका सरकाहरुको प्राथमिकता कृषि नै हुने गरेको छ । सरकाहरुले कृषिको प्रवद्र्धनको लागि भन्दै ऋण देखि अनुदान प्रदान गर्दै आएका छन् ।पछिल्लो समय विदेशबाट आएर समेत कृषि कर्म गर्नेहरु बढेका छन् ।बुढेसकालको सहारा समेत कृषि क्षेत्र बनेको छ ।अहिले ठुलाठुला र्फमहरु सञ्चालन गरी कृषि व्यवसायमा लागिरहेका छन् । तर अहिले कृषितर्फ युवाहरुको चासो देखिदैन ।लाखाँै युवाहरु खाडी मुलुक गइरहेका छन् ।नेपालको काम गर्ने र क्षमता भएको जनशक्तिलाई नेपालले रोक्न सकेको छैन ।

बैदेशिक रोजगारमा पलायन भएपछि लाखौं विगाह खेतीयोग्य जमिन अहिले पनि बाँझै छन् । यदि कृषि क्षेत्रमा युवाहरुलाई प्रयोग गरि देशको विकास र समृद्धि गर्नका लागि नेपाल सरकारले अनुदानका कार्यक्रमहरु प्रभावकारी बनाउनु पर्दछ । सोही अनुदानका कार्यक्रमहरुलाई सम्बन्धीत क्षेत्रबाट निगरानी र अनुगमन हुन उतिकै आवश्यक छ । अबको नेपालको बाटो भनेको कृषि क्रान्ति नै हो । नेपालमा भएका युवाहरुलाई कृषिमा अनुदानका कार्यक्रम मार्फत स्वदेशमा नै रोक्न अति आवश्यकछ । नेपाल सरकारले किसानले उत्पादन गरेको तरकारी र अन्य बस्तुहरु जिम्मा लिई बजार व्यवस्थापन गर्नुपर्ने जरुरी देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहीबार