कोहलपुर :
कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा माघी मिलन तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । ‘कला सँस्कृतिलाई संरक्षण गरौ’ भन्ने मुल नाराका साथ माघ २९ र ३० गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहने कार्यक्रम थारु पत्रकार संघ नेपालले आयोजना गर्ने भएको हो ।
माघी मिलन तथा साँस्कृतिक कार्यक्रमको सह आयोजक भने मैटहवा युवा क्लव रहेको छे माघी पर्वलाई लक्षित गरि माघमा गरिने कामकाजको बारेमा जानकारी लगायत थारु समुदायको रहनसहन झल्कने सांस्कृतिक नाचगान समेत प्रस्तुत हुने मैटहवा युवा क्लवका सचिव हिमेन्द्र चौधरीले जानकारी दिए ।
उनका अनुसार थारु समुदायको महान पर्व माघीको अवसरमा भव्यका साथ माघी मिलन तथा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । माघ महिनालाई थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने गर्दछन् । उक्त अवसरमा सहभागीहरुलाई थारु समुदायका विभिन्न प्रकारका खाने परिकारको स्वाद समेत चखाइनेछ । कार्यक्रममा विभिन्न स्टल समेत रहने तथा सांस्कृतिक कार्यक्रमम नेपाली सहित भोजपुर कलाकारहरुको सहभागिता रहनेछ । ६० भन्दा बढि कलाकारहरुको प्रस्तुती रहने आयोजक टिमका संयोजक भगतराम थारुले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्