सम्पादकीय : बालकालिकाको अग्रसरता



नेपालको संविधान २०७२ ले २० वर्ष मुनीका लागि बालबालिकाको रुपमा परिभाषित गरेको छ । नेपालमा कुनै पनि बालबालिकाले २० वर्ष नपुगि विवाह र मतदानको अधिकार पाउँदैनन् ।यति मात्रै होइन बालबालिकाका भनेका काँचो माटो हुन्।उनीहरुलाई अहिले जस्तो बनायो भविस्यमा उस्तै बन्छन् ।

त्यसैले कुनै पनि मानिसलाई बाल्यकाल देखि नै राम्रो वातावरण, शिक्षा अन्य सुविधा दिन आवश्यक छ । बालबालिकाहरु २० वर्ष पुग्दा सम्म धेरै कुरा बुझने भइसकेका हुन्छन् ।उनीहरुको त्यतिबेला सम्म आफू भविश्यमा के बन्ने भन्ने कुराको पनि डिसिजन गर्ने भइसकेको पनि
हुन्छन् । तर नेपाली समाजमा अहिले पनि बालबालिकाहरुको भविश्य निर्णय अभिभावकहरुको हातमा निहित छ । त्यसैले बालबालिकाहरुलाई सानैदेखि राम्रो संस्कारमा हुर्काउनुपर्छ ।

परिभाषित रुपमा भन्ने हो भने बालबालिका आश्रित उमेर समूह हो ।जो आफैले कमाएर,काम गरेर तथा श्रम गरेर जिविकोपार्जनको ल्याकत राख्दैन । अरुको भरमा बाँच्नु पर्ने जीवन उनीहरुको जिइरहेका हुन् । तर समय फेरिएको छ । बालबालिकाहरुका कारण विश्वमा ठूला चमत्कार भएका छन् । उनीहरुले युवाहरुले नगर्ने काम पनि सम्भव तुल्याई दिएका छन् । बालबालिकाहरुलाई त्यसै गड गिप्टेड भनिएको होइन । त्यसैले सम्पूर्णले यो बुझन जरुरी छ की बालबालिका पनि केही गर्न सक्छन् उनीहरुलाई अवसर दियो भने । अब सबै भन्दा ठूलो कुरा हो । त्यसैले सबै बालबालिकालाईै अवसर दिनको लागि आमी एकजुट भएर अघि बढ्नुपर्छ ।

उनीहरुलाई राम्रो वातावरण प्रदान गरौ ।अर्कातिर बालबालिकाहरु सामाजिक कार्य पनि गर्छन् भन्ने कुरा बाँकेको कोहलपुर नगरपालिकाका बालबालिकाहरुले देखाइदिएका छन् । केही हप्ता अघि साना बालबालिका सडकमा निस्किएर सरसफाई गर्दै थिए । उनीहरुले सरसफाई सामाजिक अपतन्वको स्वीकार गरेर गरेका हुन् । त्यसको दुई साता नवित्ने कोहलपुर क्षेत्रमा बालक्लवमा आवद्धहरु निस्किएर । उनीहरुले हरित कोहलपुरको नारा लिएर अघि बढेका छन् । उनीहरुको एक मात्र भनाई छ । नगरपालिका र जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापन गर्न सकेनन् ।अब हामी बनाउँछौ सफा कोहलपुर हरित कोहलपुर । यसले २१ औ शताब्दीका बालबालिकाहरु धेरै एडभान्स भइसकेको कुरा दर्साउछ । जे भएपनि ती बालबालिकाहरुको राम्रो कामको सबैले सिको गर्नुपर्ने देखिन्छ । नगरपालिकाले समेत यस्ता बालबालिकाहरुलाई साथ देओस ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधबार