कोहलपुर : युवा समाजसेवी अमर विष्टले जुम्लाको गोठीगाउँ आगलागी पीडितहरुलाई सहयोग गरेका छन् । तिला गाउँपालिका वडा नम्बर ७ गोठीगाउँमा भएको आगलागी पीडितहरुलाई जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ६ उर्थुका स्थानीय समेत रहेका विष्टले ४० हजार बराबरको सहयोग गरेका हुन् ।
आगलागीबाट २६ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । पशु चौपाय समेत जलेका छन् । त्यहाँका स्थानीय अहिले साहाराविहीन भइरहेको बेला विष्टले सहयोग गरेका हुन् ।
विष्टले ३५ हजारको चामल, तिन हजारको नुन तेल, २ हजारको बालबालिकालाई कापि कलम सहयोग गरेका छन् । उनले यसअघि तातोपानी ६ का विपन्न घर परिवारलाई ३० हजारको खाद्यान्न सहयोग गरेका थिए ।
आँखै अगाडि घर सँगै सबथोक खरानी भयो, हाम्रो आँसु पुछ्ने दयावान युवा अमर विष्टलाई हृदय देखि धन्यवाद दिन्छौं। स्थानीय परिमल रोकायाले भने । सबै अन्नपात जलिसक्यो, अब कसरि बालबालिका पाल्ने होला रु केही दिनको लागि भएपनि खाद्यान्न दिने युवालाई धर्म लागेस्। स्थानिय बिजकली रोकायाले भनिन्।
विपदको बेला सबैले सक्दो सहयोग गर्नु पर्ने युवा अमर विष्टको भनाई छ। उनले कोरोनाका कारण भएको लकडाउनको समयमा व्यक्तिगत रुपमा १४ लाख बराबरको सहयोग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्