प्रथम पुरुष खुला भलिबल प्रतियोगिताकाे प्रथम उपाधि अखिल ट्रेड यूनियनलाई



कोहलपुर ।

बाँकेको कोहलपुरमा भएको प्रथम पुरुष खुला भलिबल प्रतियोगिताको अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि)ले प्रथम उपाधि हात पारेको छ । बिहिबार भएको खेलमा आयोजक च्याम्पियन स्पोर्ट क्लब (ए) लाई पराजित गर्दै अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि)ले प्रथम उपाधि हात पार्न सफल भएको हो ।

अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि) ले प्रथम उपाधिसंगै ५० हजार र द्धितीय स्थान ओगट्न सफल आयोजक च्याम्पियन स्पोर्ट क्लब(ए) ले २५ हजार प्राप्त गरेका छन् । विजेता सम्पर्ण टिमलाई शिल्ड मेडल र प्रमाणपत्रको प्रदान गरिएको आयोजकले जानकारी दिएको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडिको रुपमा रवि सेन्चुरीलाई उत्कृष्ट खेलाडिको रुपमा घोषित गरिएको च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले बताए ।

यस्तै उत्कृष्ट स्पाइडरमा कलम गहतराज, चोकरमा सुजन चोखाल, बलकरमा मनिराम चौधरी, साबरमा भरत विक, डिफिन्डरमा सुजन कार्कीलाई घोषित गरिएको च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष विष्टले बताए । यस्तै उपाधिका लागि खेलिएको पहिलो खेलमा आयोजक च्याम्पियन स्पोर्ट क्लबले अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि)लाई (२५—१७) मा पराजित गरेको थियो भने दोस्रो, तेस्रो र चौथो खेलमा भने अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि)ले आयोजक च्याम्पियन स्पोर्ट क्लबलाई (२५—१८, २५—१५, २५—२१) मा पराजित गर्दै प्रथम उपाधि आफ्नो हातमा पार्न सफल भएको थियो । खेल वेष्ट अफ फाइवमा खेलाइएको थियो ।

यस्तै खुला भलिबलको समारोहको समापनमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले प्रथम पुरुष खुला भलिबलको समापन गरेकी थिइन् । समापन कार्यक्रममा बोल्दै चौधरीले नगरपालिकाले प्रत्येक वडामा खेल मैदान बनाउने योजना रहेको बताइन् । हामीले यसअघि पनि आफ्नो निति तथा कार्यक्रममा समावेश गरेका छौं उनले भीनन यो आर्थिक वर्षदेखि कामहरु सञ्चालन हुनेछन् । खेलको माध्यामबाट कोहलपुर चिनाउनुपर्नेमा उनको जोड रहेको थियो ।

पिस निर्माण सेवा, होटल द ग्यालेक्सी दरबार, के.एल. दुगडले मुख्य प्रायोजक रहेका थिए भने सह—प्रायोजकमा यूनाइटेड अटोमोटिभिस प्रा.लि., यो यो प्लाई उड कम्पनी, गणपति डोर एण्ड प्लाई उड, श्री न्यू एभरेष्ट डिष्टिलरी, कालिका कन्ट्रक्सन निर्माण सेवा, कुमाख नमुना रियल स्टेड रहेका थिए ।

यस्तै प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन् भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको हो । समापन कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, जनप्रतिनिधि तथा सहयोगिदाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरेको थियो । प्रतियोगिता पुष २५ गतेदेखि सुरु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रबार