चेतन मानन्धरको हत्यामा संलग्न २ जना फरार व्यक्ति पक्राउ



काेहलपुर ।

बाँके प्रहरीले नेपालगंज ८ का २८ बर्षिय चेतन मानन्धरको हत्यामा संलग्न भई अदालतले जन्मकैद फैसला गरेका २ जना फरार ब्यक्तिलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ब्यक्ति सहित घटना सँग सम्बन्धित विवरणहरु सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपालगंज १८ कारकाँदोका ३० बर्षिय हरी वली र सोही ठाँउका ३१ बर्षिय विवाद पाठक रहेका छन । जस अनुसार चेतन मानन्धर हत्यामा संलग्न नेपालगंज ५ का रिगल ढकाल सहित ९ जना ब्यक्ति हाल करारमा रहेका छन ।

घटनामा संलग्न १५ जना मध्ये १२ जना पक्राउ परिसकेको, ३ जना फरार रहेको र एक जना न्युजल्याण्डमा रहेकाले नेपाल ल्याउन तर्फ इन्टरपोल मार्फत पत्राचार भएको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले सार्वजनिक गरेको विवरण …

  • No tags available
प्रकाशित मिति : २०७७ पुस २८ गते मंगलबार