जंगली बदेलकाे आक्रमणबाट दाङमा चारजना गम्भीर घाइते



शिवु खनाल, दाङ, १८ पुस

जंगली बनेलकाे आक्रमणबाट दाङमा चारजना गम्भीर घाइते भएका छन् । शनिवार विहान दशबजे दाउरा काट्न भनी घर देखि नजिकैको बकेन सामुदायिक वनमा आठजना गएका थिए । जसमध्ये चारजनालाई दाउरा काट्ने क्रममा जंगली बदेलले आक्रमण गरेको प्रत्येक्षदर्सि विनिता चाैधरीले जानकारी दिनुभयो ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षिय हिरादेवि चाैधरी, २ नम्बर वडा डाेढई निवासी ८ वर्षिय शिरीष गिरी, साेहि ठाउँ निवासी ५५ वर्षिय धनिया चाैधरी रहनु भएको छ । एकजनाकाे नाम ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरूकाे खुट्टामा, गम्भीर चाेट लागेको छ । घाइते मध्ये दुईजनालाई लमही र फलाेरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएकाे छ भने अन्य दुईजना घाइतेकाे उपचार लमही अस्पतालमा भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस १८ गते शनिबार