नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बाँकेको नेपालगन्जमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार नेपालगन्जमा ‘शक्ति प्रर्दशन’ गरेको हो ।
स्थानीय विपी चोकबाट सुरु भएको विरोध ¥याली धम्बोझी चोक, घरबारी टोल, त्रिवेणी मोड हुँदै त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई नेकपा प्रचण्ड–माधव समूहका महेश्वर गहतराज ‘अथक’, दलबहादुर सुनार लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाएका थिए ।
प्रकाशित मिति : २०७७ पुस १४ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्