राउटेलाई थप २ हजार भत्ता



eQf a’em]kl5 k|;Gg d’b|fdf /fp6] kl/jf/
;’v]{tsf] n]sa];L gu/kflnsf ( Hofld/]l:yt a:tLdf ;fdflhs ;’/Iff eQf a’em]kl5 k|;Gg d’b|fdf /fp6] kl/jf/ . s’g} a]nf k};f 5f]P kfk nfU5 eGg] /fp6] ;d’bfonfO{ b}n]vsf] u’F/f; ufpFkflnsfn] z’qmaf/ a:tLd} k’u]/ eQf ljt/0f u/]sf] xf] . tl:a/ M k|sfz clwsf/L, ;’v]{t, /f;;

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटेलाई थप प्रतिव्यक्ति २ हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश सरकार, मन्त्रिपरिषदको बैठकले राउटे समुदायको संरक्षण र सम्बद्र्धनका लागि भन्दै थप २ हजार भत्ता दिने निर्णय गरेको हो ।

गुराँस गाउँपालिकामा बसिरहेका राउटेलाई यसअघि सामाजिक सुरक्षा भत्ता भनेर मासिक तीन हजार रुपैयाँ दिने गरिएको थियो । तर प्रदेश सरकारले थप दुई हजार दिने निर्णय गरेपछि राउटेले मासिक पाँच हजार भत्ता पाउने भएका छन् ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशैँको अवसरमा खाद्यान्न लिएर राउटे समुदायको बस्तीमै पुगेर २ हजार भत्ता दिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार प्रदेश सरकारले थप २ हजार भत्ता दिने निर्णय गरेको हो ।

उक्त रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट दैलेखको गुराँस गाउँपालिकालाई वित्तीय हस्तान्तरण गरिने प्रदेश सरकारले जनाएको छ । त्यसपछि गाउँपालिकाले आफ्नो नियमअनुसार वितरण गर्ने पाउनेछ ।

मन्त्रिपरिसद् बैठकले मुख्यमन्त्रि जीवीकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गर्ने, खाद्यान्न खरिद तर्फको खर्च शिर्षकबाट विनियोजित भएको रकममध्येबाट १५ करोड र कोभिड शिक्षा तर्फको खर्च शिर्षकबाट १० करोड रकम क्रमागत आयोजनाहरुको लागि रकमान्तर गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

उनका अनुसार द्धन्द्धपीडित घाईते अपाङ्ग उपचार राहत खर्च कार्यविधि २०७७, सहकारी संस्था मार्फत ब्याज अनुदान कार्यविधि ०७७ स्विकृत र खेलकुद परिषद्को सदस्य–सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्ती गर्ने लगायतका निर्णय बैठकले गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ८ गते बुधबार