कोहलपुर चौराहमा ४ बजे प्रधानमन्त्री विरुद्ध आन्दोलन तथा पुत्ला जलाउने कार्यक्रम हुने



कोहलपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि कोहलपुर चौराह र न्यूराेडमा आज ४ बजे विद्यार्थीहरुले आन्दोलन गर्ने भएको छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र विष्टले प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै कोहलपुरमा नेकपाले आन्दोलन गर्ने बताए ।

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने अनेरास्ववियूका केन्द्रीय सदस्य राजेन्द्र विष्टले चेतावनी दिएका छन् । विद्यार्थीहरूको संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडि बढ्ने अनेरास्ववियुका केन्द्रीय सदस्य राजेन्द्र विष्टले बताएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ५ गते आइतबार