खुल्ला बुद्धिचाल प्रतियोगिता



नेपालगञ्ज 

प्रथम बाँके जिल्ला स्तरिय खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । जूनियर रेडक्रस सर्कल, नेपालगञ्ज मोडेल एकेडेमीको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता ५ राउण्डमा सम्पन्न भएको थियो । उक्त अवसरमा २५ जना खेलाडीहरु सहभागी रहेका थिए ।

प्रतियोगितामा खुल्ला तर्फ आयुष खत्री ५ अंकका साथ जिल्ला च्याम्पिएन भएका छन् । केशर वली ४ अंकका साथ दोश्रो, तथा अनुपजंग शाह समान ४ अंक तेश्रा स्थान हासिल गर्न सफल भए । यसैगरी दिपेश शाही सान्त्वना तथा गौरव पौडेलले पाँचौ स्थान हासिल गरे । त्यसैगरि महिला तर्फ आकृति बोहरा प्रथम र ज्योती शर्मा दोश्रो हुन सफल भएका छन्। विद्यार्थी तर्फ कृषु चौधरी प्रथम तथा टेकराज कडेंल दोश्रो भएका हुन् ।

उक्त अवसरमा डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजन अधिकृत राजु क्षेत्रीले आफू दुई दशक अघिदेखि चेस प्रतियोगितामा सहभागी भएको अनुभव साट्दै फेरि पनि प्रतियोगितामा सहभागी हुन पाएकोमा खुसी लागेको बताए । उनी पनि प्रतियोगिताको सहभागी थिए । यस्तै उनले आगामी दिनमा बाँकेमा हुने यस्ता प्रकारका गतिविधिहरुमा आफ्नो साथ रहने प्रतिवद्धता जाहेर गरेका छन् ।

यस्तै जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले पनि आफू चेस सिक्दै गरेको सिकाररु भएको भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे । प्रतियोगिता सजना ज्ञवालीको सभापित्व तथा बाँके जिल्ला बुद्धिचाल संघको अध्यक्ष करिश्मा कुमारी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रतियोगिताको निर्णायकको भूमिका संगम पोख्रेलले निर्वाह गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २८ गते आइतबार