नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी विजयी भएका छन् ।
शनिबार राती सम्पन्न मतगणना अनुसार अधिकारी केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् ।
उनी महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल समुहबाट चुनावी मैदानमा उत्रिएका थिए ।
केन्द्रिय सदस्यमा निर्वाचित अधिकारी चुनाव प्रचार प्रसारको क्रममा जाँदा गर्दा पाल्पामा सवारी दुर्घटनामा परेर घाइते भएका थिए । अब बाँके जिल्लाबाट महासंघमा प्रतिनिधित्व गर्ने अधिकारी मात्र भएका छन् ।
प्रकाशित मिति : २०७७ मंसिर १४ गते आइतबार










प्रतिक्रिया दिनुहोस्