18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

मलाई लगाइएका आरोप सबै झुठा हुन्: नगरप्रमुख अधिकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १०, २०७७  

कोहलपुर ।

बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले आफू प्रति लगाइएका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बुधबार नगरबासीलाई समबोधन गर्दै जारी गरिएको बिज्ञप्ति मार्फत प्रमुख अधिकारीले सामाजिक संजालमा आफ्ना बिरुद्ध कपोल्कल्पित, भ्रामक र झुटा आरोप लगाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

आफू बाँसगढीका जनता र पार्टीको हितमा नियम पूर्वक सदैब लगनशिल रहेको उनको भनाइ छ । लामो समयको त्याग र संघर्षका कारण सम्पूर्ण पार्टी कार्यकर्ता, नेतागण र जनताले विस्वास गरेर आज यो ठाउँमा आइपुगेको हो ।

मलाई कुनै स्वार्थ र मोह समेत छैन । ‘ म माथि भ्रष्टाचार लगायत मेरो सामाजिक, राजनीतिक प्रतिष्ठा माथि आँच पुयाउन गरिएको दुस्प्रचार प्रति संवेदनशिल भएको छु र यस प्रति घोर भत्र्सना गर्न चाहन्छु । ’

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन् । अहिले बाँसगढी नगरपालिका समृद्धिको यात्रामा रहेको भन्दै नगरको विकास नचाहनेहरुले आफ्रना् विरोध गरेको उनको बुझाई छ ।

यस्तै उनले सम्पूर्ण जनतालाई कुनै पनि किसिमको समाजमा विकृति फैलाउन खोज्ने, अर्काको मर्यादामा आँच पुयाउने र धमिलो पानीमा माछा मार्न खोज्ने व्यक्तिहरु सँग सचेत रहन आग्रह गरेका छन् ।

अनावश्यक रुपमा आफ्ना विरुद्ध दुस्प्रचारमा लागेहरुलाई ढिलो चाडो कानुनी दायरामा ल्याउने विस्वास व्यक्त गरेका छन् ।

प्रकाशित मितिः बुधबार, मंसिर १०, २०७७     11:53:08 AM  |