20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जोनी डीपले ‘द सन’ पत्रिकासँगको मुद्दा हारे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १७, २०७७  

एजेन्सी ।

हलिउड कलाकार जोनी डीपले ‘द सन’ पत्रिकासँगको मुद्दा हारेका छन् । आफूलाई वाइफ बिटर(पत्नी पिट्ने) भनेर लेख लेखेको भन्दै सनविरुद्ध उनले लन्डन अदालतमा मानहानीको मुद्दा हालेका थिए । सनले उक्त लेख सत्य रहेको प्रमाणित गरेको छ ।

उच्च अदालतले ‘पाइरेट्स अफ क्यारिबियन’ अभिनेता डीपले दाबी गरेको क्षतिपूर्ति खारेज गरेको द गार्जियनले उल्लेख गरेको छ ।

‘द सनले छापेको कुरा धेरै हदमा सहि थियो,’ न्यायधिश जस्टिस निकोलले भनेका छन् । डीपले आफ्नो करियरमा नकरात्मक असर पारेको आरोपमा हर्डले दिएको प्रमाणहरु पनि आफूले स्वीकारेको उनले बताएका छन् ।

५७ वर्षीय कलाकार डीपले पूर्वपत्नी एम्बर हर्डलाई शारीरिक रुपमा दुर्व्यवहार गरेको पनि लेखमा उल्लेख थियो । डीपले एम्बरको आरोप अस्वीकार गर्दै आएका छन् ।

डीपले पूर्वपत्नी हर्डलाई ‘गोल्ड डिगर’ आरोप लगाउँदै आएका थिए । तर न्यायधिश निकोल डीपको यो आरोपमा कुनै सत्यता भेटेनन् ।

प्रकाशित मितिः सोमवार, कार्तिक १७, २०७७     7:11:55 PM  |