19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोरोना संक्रमणका कारण १९ वर्षीया सुत्केरीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ११, २०७७  

काठमाडौँ ।

संक्रमणका कारण गोरखाकी एक १९ वर्षीया सुत्केरीको मंगलबार मृत्यु भएको छ। उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो।

भरतपुर अस्पतालका अनुसार बारपाक सुलिकोट गाउँपालिका– १ की ती युवतीको मंगलबार दिउँसो पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई गत कात्तिक ६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। ६ दिनसम्म आइसियुमा राखेर उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

१९ दिनअघि सुत्केरी भएकी उनको सुरुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र पछि आइसियुमा सारी उपचार गरिएको थियो। आइसियुमै उपचारका क्रममा मंगलबार दिउँसो उनको ज्यान गुमेको हो।

अस्पतालले विज्ञप्तिमार्फत उनको मृत्यु भएको पुष्टि गरेको हो।

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक ११, २०७७     6:46:28 PM  |