बाँकेमा आज थप ३८ जना कोरोना जितेर घर फर्किदैं, संक्रिय संक्रमित ३२४



कोहलपुर ।

बाँकेका विभिन्न आइसोलेसन सेन्टरहरुबाट आज थप ३८ जना कोरोना संक्रमण जितेर घर फर्किदैछन् ।

१४ महिला र २४ जना पुरुष गरी ३८ जना डिस्चार्ज हुन गइरहेको बाँकेका कोरोना रोग फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा २ हजार ६ सय ६० जना कोरोना जितेर घर फर्किएका छन् । कुल संक्रमितको संख्या २ हजार ९ सय ९६ जना पुगिसकेको छ ।

मंगलबार बिहानसम्म संक्रिय संक्रमित ३२४ जना रहेको स्वास्थ्य कार्यालय बाँकेल जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक ११ गते मंगलबार