स्थायी राजधानी देउखुरीमा दिप प्रज्वलन (फाेटाे फिचर)



शिवु खनाल, दाङ, २० असोज

स्थायी राजधानी देउखुरीमा दिप प्रज्वलन शिवु खनाल दाङ, २० असाेज दाङको देउखुरी स्थायी राजधानी भएको खुसियालीमा मंगलवार बेलुका दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।
मंगलवार भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दूई तिहाई बहुमतका आधारमा दाङकाे देउखुरीलाई प्रदेश नं. ५ को स्थायी राजधानी घोषणा गरिएको हो ।
No description available.
देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै दाङको लमही, गढवा, भालुवाङ्, घाेराही, हापुर, तुलसिपुर लगायतका विभिन्न दाङको मुख्य बजार क्षेत्रमा दिप प्रज्वलन गरि एक आपसका खुसियाली साटासाट गरिएको छ ।No description available.
लमही नगरपालिकाले अायाेजना गरेको दिप प्रज्वलन कार्यक्रममा बाेल्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले तत्कालै प्रदेश सरकार यता सरेपनि हामीले बुटवलको संरचना भन्दा कम ठाउँमा राख्ने छैनौं उनले बताए ।No description available.
उनका अनुसार प्रदेश सरकारले नै निर्माण गर्न केहि वर्ष ढिला होला हामी यहाँका पालिकाहरुले निर्माण गरेका भवनहरुमा प्रदेश सरकारका मन्त्रालय र कार्यालयहरु राख्नेकाे बताए । राजमार्गले छोएको छ । भित्रि सडक सन्जाल पनि प्रशस्त छन् । लमही भित्रै ७० विघा ऐलानी जमिन छ उनले भने ।´No description available.
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिकामा पनि त्यति नै क्षेत्रफलको जमिन भएकाे बताइन्र । लमही नगरपालिका र गढवा गाउँपालिकामा पनि प्रशस्त ऐलानी जमिन छ उनले भनीन्र् हामी तीनवटा पालिकाले संरचना नपुग्ने बेलासम्म बुटवलका भन्दा आलिशान र सुविधा सम्पन्न भवनमा प्रदेश सरकारलाई राख्न सक्छौं ।’No description available.
यस्तै गढवा गाउँपालिका अथ्यक्ष सहजराम यादवले पनि प्रदेश सरकारलाई कुनै कुराको कमी हुन नदिने प्रतिवद्वता जनाएका थिए ।No description available.No description available.No description available.No description available.

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २० गते मंगलबार