18 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

गत वर्ष लिएको भत्ता कोरोनासँग जोड्न मिल्दैन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधीहरुले आर्थिक वर्ष २०७४÷०७५ मा कानुन बमोजिम लिएको भत्ता अहिले कोरोनासँग जोड्न मिल्दैन भन्दै खण्डन गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गत वर्ष लिएको भत्ता कोरोनासँग जोड्न नमिल्ने भन्दै खण्डन गरेका हुन् । कोहलपुर नगरपालिकाका प्रमुखले नियमपूर्वक लिएको भ्रमण खर्च नियमावली, २०६४ अनुसार दिएको सेवा सुविधा लिएको बताएका थिए । ‘हाम्रो यथार्थ बाहिरियो भनेर गरेको होइन’ उनले भने, ‘हो हामीले भत्ता लिएका हौं ।

तर कानूनले दिएको लिएका हौं ।’ ‘तर अहिले एक अनलाइनले ‘लुटको स्वर्ग कोहलपुर नगरपालिका राज्यको कोष चरम दोहन’ भन्ने हेडलाइन राखेर समाचार लेख्न मिल्छ’ उनले प्रश्न गरे । हामीले गत वर्षमा लिएको भत्तालाई अहिले कोरोनाको समयमा लिएको भनेर समाचार लेख्न नमिल्ने उनले बताए । ‘समाचार लेख्ने बेलामा कोहलपुर नगरपालिका कर्मचारी अथवा जनप्रतिनिधिहरुलाई सोधेको भए प्रस्ट भनिदिन्थे होला । मनपरी रुपमा समाचार लेखेर कोहलपुर नगरपालिकाको बदनाम गर्न मिल्दैन’ नगर प्रमुख रावतले भने ।

पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले चालु आर्थिक वर्षमा कुनै भत्ताहरु नलिने भन्ने कार्यपालिकामार्फत निर्णय गरेको बताइन् । यो चालु आर्थिक वर्ष २०७६ सालको ३ महिना ८ गते कार्यपालिकाले बंैठक, योजनाहरुको अनुगमन गर्दा कुनैको पनि भत्ताहरु नलिने भन्दै निर्णय समेत गरेको छ । आर्थिक वर्ष २०७६-०७७ मा हामीले ६ सयभन्दा बढी योजनाहरु अनुगमन ग¥यौं र अहिले केही लिष्टहरु आएको छ । त्यसमा मेरो नाम पनि जोडिएको छ । अनुगमन तथा मुल्याङ्कन भनेर । त्यसमा म कार्यालय प्रयोजनको लागि तीन पटक काठमाण्डौं गएको अवस्था छ ।

अहिले आएको जुन लिष्ट छ त्यो आर्थिक वर्ष २०७४-०७५ सालको हो उनले भनिन् । यस्तै कोहलपुर नगरपालिका लेखा अधिकृत सुदिप सुनारले भ्रमण खर्च नियमावली, २०६४ अनुसार कार्यालयको प्रयोजनका लागि कार्यालयदेखि २० किलोमिटरभन्दा बाहिर जानुपरेको खण्डमा भत्ता दिइने व्यवस्था रहेको बताए । जसलाई टिएडिए बाफत भत्ता रकम हो, तर यसमा अनुगमन तथा मुल्याङ्कन भनेर शिर्षक रहेको हुन्छ तर भ्रमण खर्च भनेर शिर्षक छुट्याइएको हुँदैन उनले भने । उनका अनुसार स्वास्थ्यका कर्मचारीहरुको शशर्त तर्फको बजेट छुट्टै हुन्छ ।

सो रकमको छुटै प्रकारको लेखा प्रणाली राख्नुपर्ने हुन्छ त्यसकारणले कोहलपुर नगरपालिकाको कुल खर्चमा देखिदैन किनभने संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम हुने कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुनारले बताए । कोहलपुर नगरपालिकाका कुनै पनि कर्मचारी कार्यालयको प्रयोजनका लागि कार्यालयदेखि २० किलोमिटर टाढा जानुभएको छ भने उहाँहरुले भत्ता पाउनुहुन्छ । यो कानूनमा पनि उल्लेख रहेको छ तर अहिले कोरोना भने नभएको उनको भनाई थियो ।

प्रकाशित मितिः बिहिबार, अशोज १, २०७७     11:30:54 AM  |