नेपालको संविधान मै कुनै पनि व्यक्तिलाई जात, वर्ण र पेसाको आधारमा विभेद नगर्ने उल्लेख छ । संविधानका अनुसार जातीय विभेद त वर्जित हो । कुनै पनि जात कै कारण विभेद गर्न पाइदैन । यदि कसैले विभेद गरेमा कानुन अनुसार कारबाहीको भागिदार हुनुपर्छ । नेपाल जातीय विभेद छुवाछुत मुक्त भइसकेको देश समेत हो । संविधानमा सबैलाई समान नागरिकका रुपमा हेरिएको छ । तर पनि नेपालमा हरेक दिन जातीय विभेदका घटना भइरहेका छन् । दलित भएकै कारण मारिनु पर्ने, बहिस्कृत हुनुपर्ने र तिरस्कार सहनुपर्ने अवस्था छ । यसले देशको संविधानको खिल्ली उडाइरहेको छ । जात व्यवस्थामा आधारित समाजमा कथित दलित भनिने समुदाय हेपिनु परिरहेको छ । भने कथित उपल्लो जातका नागरिकले पशुतुल्य व्यवहार गरिरहेका छन् ।
गत जेष्ठ १० गते रुकुम पश्चिममा भएको जातीय नरसंहारको घाउ आलै छ । उक्त नरसंहारले देशको विभेदकारी समाजकोको चित्र उदांगो
बनाइदियो । त्यसयता पनि धेरै घटना घटिरहेका छन् । यी सबै घटना हुनुको मुल कारण भनेको जात र जातीय प्रथा हो । कूनै पनि व्यक्तिलाई जातको आधारमा भेदभाब गर्न मिल्दैन । त्यसैले यो जघन्य अपराध हो । यस्तो अपराध समाजमा खुलेयाम भइरहेको छ । हाम्रै समाज त्यसको साक्षी बनिरहेको छ । यस्तो अपराध कदापि पनि स्वीकारे होइन । त्यसैले जसरी भएपनि जात व्यवस्था हटाउनैपर्छ । यसको विरुद्धमा शसक्त आवाजको जरुरी छ । राज्य समेत यस्ता विषयमा गम्भीर हुन आवश्यक छ । होइन भने ३५ लाख दलित अझै पनि जातीय विभेद सहनेवाला छैनन् । यस्तै घटना बाँकेको राप्तीसोनारी गाउँपालिकामा घटेको छ ।
वडा नम्बर ८ का दलित युवा र गैरदलित युवतीले भागी विवाह गरे । विवाहपछि केटीपक्षले केटा पक्षलाई निरन्तर धम्की दिइरहेका छन् । केटाकेटी दुवै जना परिवारको सम्पर्क भन्दा बाहिर छन् । उनीहरु लुकीछिपी बसिरहनु परेको छ । त्यसै मात्रै होइन केटाको घरमा गएर समेत ज्यान मार्ने धम्की आउँदा गाउँ छोड्नु पर्ने अवस्था आएको छ । यस्तो अवस्था हुञ्जेलसम्म यहाँका अधिकारकर्मीहरु केही पनि बोलिरहेका छैनन् । उनीहरु अहिले पनि चुप बसेका छन् । कुनै व्यक्तिले कसैलाई माया गरेकै कारण तिरस्कृत हुनु परेको छ । लुकीलुकी हिडिरहनु परेको छ । त्यसै जात व्यवस्थामा आधारित समाजको पर्खाल ढाल्नको लागि आजै देखि सक्रिय बनौ । जातीय विभेद विरुद्ध अघि सरांै ।









प्रतिक्रिया दिनुहोस्