कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले १५ वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क रुपमा रगत गु्रप छुट्याइएको छ । डिजिटलमार्फत परिचयपत्र वितरण गर्नुपर्ने भएकोले निःशुल्क रुपमा रगत गु्रप छुट्याइएको हो ।
कोहलपुर नगर स्वास्थ्य शाखामा कार्यरत दिपक शर्माले स्लाइड विधिबाट अपाङ्गता भएका व्यक्तिहरुको रगत ग्रुप छुट्याइएको जानकारी दिए । कोहलपुर नगरपालिकाका २३ जना अपाङ्गता भएका व्यक्तिहरुको रगत गु्रप छुट्याइएको हो । जसमा महिला ८ जना र पुरुषहरु १५ जना रहेका छन् ।
यसले अपाङ्गता भएका व्यक्तिहरुलाई रगत दिनुप¥यो भने सजिलो हुने भएकोले रगत ग्रुप छुट्याइएको उनले बताए । यस्तै सामाजिक विकास शाखाकी संयोजक नारायणी वलीले अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परेको बेला ठूलो सहयोग पुग्ने बताइन् । ‘कुन बेला कस्तो समस्या पर्ने हो कसैलाई थाहा हुँदैन’ उलने भनिन्, ‘त्यसको लागि रगत ग्रुप छुट्याएका हौं ।’









प्रतिक्रिया दिनुहोस्