बाढी पहिरो प्राकृतिक प्रकोप हो । यसको प्रभाव निकै भयानक हुने गरेको छ । वर्षेनी यही प्राकृतिक प्रकोपका कारण कैयांै निर्दोष नागरिकको ज्यान जाने गरेको छ । यस वर्षपछि पहिरोका कारण अहिले सम्मकै धेरै मानवीय क्षेती भयो । प्रकृति दोहन भएको छ । कति मानिस अझै वेपत्ता छन् । कतिपय ठाउँमा बसाई नै सर्नुपर्ने अवस्था सिर्जना भयो । अझै बाढी र पहिरोका घटना घटिरहेका छन् । तराईमा बाढी र पहाडमा पहिरो नेपालको भौगोलिक विशेषता हो । यही कारण वर्षेनी मानिसहरुको अकालमा ज्यान जाने गरेको छ । यसरी वर्षेनी जाने पहिरो र बाढीका घटनाले कोही टुहुरो हुने गरेका छन् । कसैको सिउँदो पुछिन्छ । कति जना साहारा हुन्छन् ।
पहिरोका कारण क्षति व्यहोर्नेमा कर्णाली प्रदेश समेत पर्दछ । भौगोलिक रुपमा विकट मानिने कर्णालीको अधिकांश भूगोल भिरालो छ । जसका कारण पहिरो यहाँ धेरै हुने गरेको छ । विगतका वर्ष झै यस वर्ष पनि कर्णालीमा सयौं जनाले ज्यान गुमाए । कर्णालीका कालिकोट, जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्ला प्रभावित बने । यहाँ मानवीय क्षेती समेत भयो । भौतिक तथा पशुजन्य क्षेती समेत व्यहोर्नुप¥यो । यसको प्रमुख कारण भिरालो जमिन नै हो । कर्णालीमा भिरालो जमिनमा रहेका बस्ती स्थानान्त्रणको लागि विज्ञहरुले सुझाव दिइरहेका छन् । कर्णालीका कति बस्ती स्थानान्त्रण गर्ने भनेर सुझाव समेत आएको छ ।
कर्णालीमा एकिकृत बस्तीको अवधारणा अपनाउनुपर्ने देखिन्छ । कर्णालीका नागरिकहरुको सुरक्षाको लागि पनि यस्तो काम गर्नु पर्ने देखिन्छ । कर्णालीमा यस पटक पहिरोबाट धेरै मानवीय क्षती भएका जिल्लामध्ये कालिकोट पनि एक हो । कालिकोटमा पछिल्लो समय नाग्ममा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो । त्यस पहिरोमा परी एक दम्पतिको मृत्यु भएका कारण एक डेढ महिने बालक टुहुरो भए । उनी मात्रै होइन ६७ वर्षीया बृद्धाले छोरा बुहारी गुमाइन् । अहिले उनीहरुको विचल्ली भएको छ । डेढ महिने दुधे बालकको भविश्य कस्तो हुने भन्ने चिन्ता ती बृद्धालाई छ । ती बालकको पालनपोषणका लागि बालक बचाउ अभियान नै थालिएको छ । अहिले उनीहरुलाई सहयोगको खाँचो
छ ।









प्रतिक्रिया दिनुहोस्