परीक्षणको दायरा बढ्यो घट्यो संक्रमित संख्या



शिवु खनाल । दाङ ।

समुदाय स्तरमा कोरोना भाइरस फैलिएको आशंकामा दाङ देउखुरीका स्थानिय पालिकाले परीक्षणको दायरा बढाउँदा संक्रमित भेटिएका
छैनन् । लमही नगरपालिकाले समुदाय स्तरमा कोरोना भाइरस फैलिएको आशंकामा परीक्षणको दायरा बढाउदा संक्रमितहरु नभेटिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताए ।

पीसीआर परीक्षणको लागि स्थानियको स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी ।

‘लमही नगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमित खोज्न बैंक, वित्तीय संस्था, कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, क्वारेन्टिनमा बसेकाहरुको स्वाब परीक्षण गरि चेकजाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने । समुदाय स्तरमा कोरोना फैलिएको आशंकामा नगरपालिकाले एक सय ३० जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर चेकजाँचको लागि पठाएको मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको थियो । ‘हामी समुदाय स्तरमा कोरोना छ कि छैन भनेर पत्ता लगाउने अभियानमा छौं’ उनले भने, ‘अहिलेसम्म हाम्रो पालिका भित्र समुदाय स्तरमा कोरोना देखिएको छैन ।

परीक्षणको दायरा बढाइएको छ ।’ नगरपालिका अन्तरगतका सिम्टम नदेखिएको सामान्य ३० जना संक्रमित मध्ये ३० जना नै डिस्चार्ज भएको स्वास्थ्य प्रमुख पौडेलले जानकारी लिए । समुदाय स्तरमा कोरोना भाइरस फैलिएको आशंकामा गढवा गाउँपालिकाले कोइलाबास नाकाका ३८ जना स्थानियहरु र दुईजना भारतबाट आई होम क्वारेन्टिनमा बसेकाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर चेकजाँचको लागी पठाएको मध्ये ३८ जनाको रिपोर्ट नेगेटिभ र दुईजनाको रिपोर्ट पोजेटिभ आएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । ‘पोजेटिभ आएका दुईजना व्यक्ती घरमै होम क्वारेन्टिनमा बस्नु भएको थियो ।

उहाँहरुसँग घुलमिल गरेका थप १७ जनाको स्वाब संकलन गरि परीक्षणको गर्नको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ गढवाका ४८ जना संक्रमित डिषचार्ज भएको र एकजना उपचारतमा देउखुरीको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेको स्वास्थ्य प्रमुख चौधरीले जानकारी दिए ।

यता राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतका अनुसार समुदाय स्तरम कोरोना भाइरस फैलिएको आशंकामा राप्तीका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, वित्तीय संस्था लगायत अन्य गरि एक सय २२ जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणको लागि पठाएको मध्य सबैको रिपोर्ट नेगेटिभ आएको बताए । राप्तीमा ३८ जना संक्रमित मध्य ३३ जना डिस्चार्ज भएको र ४ जना देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टर लालमटियामा र एकजना कोहलपुरमा उपचारत रहेको स्वास्थ्य प्रमुख रावतले जानकारी दिए ।

यस्तै राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायका अनुसार राजपुरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पालिकाका कर्मचारी र स्थानियहरु गरि ६ सय ८६ जनाको स्वाब संकलन गरि पठाइएको मध्य सबैको रिपोर्ट नेगेटिभ आएको बताए । राजपुरका २१ जना संक्रमित मध्ये २१ जना नै डिस्चार्ज भएको स्वास्थ्य प्रमुख रोकायले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १९ गते शुक्रबार