कोहलपुर :
नेपाल सरकारबाट प्लाज्मा थेरापीबाट उपचार गर्नको लागि अनुमति प्राप्त बाँके भेरी अस्पतालमा उपचार शुरु भएको छ ।
बाँकेका दुई जना कोरोना संक्रमण जितेका व्यक्तिहरुले पहिलोपटक प्लाज्मा दान अर्थात रक्तदान गरेपछि उपचार शुरु भएको हो ।
बाँकेमा पहिलो पटक यस्तो विधिबाट उपचार शुरु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले कोरोना संक्रमण जितेर फर्किएका व्यक्तिले प्लाज्मा दिएपछि उपचार शुरु भएको बताए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल र कोहलपुरका रामराज चौधरीले प्लाज्मा दान गरेका हुन् ।
उनले बाँकेमा कोरोना जितेर फर्किएका प्रदेश सांसद र पत्रकारहरुले समेत प्लाज्मा दान गर्ने घोषणा गरेको इमेल खवरलाई जानकारी दिए । बाँकेमा कोरोना संक्रमित १ हजार नाघेका छन् ।
प्रकाशित मिति : २०७७ भदौ १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्