बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा बिहीवार हटाइयो । कोरोनाको जोखिम बढेको भन्दै स्थानीय सरकारले निषेधाज्ञा जारी गरेको थियो । कोहलपुर क्षेत्र विस्तारै फेरी बिहीवारबाट नै पहिलेको अवस्थामा फर्किन थालिसकेको छ । पसल व्यवसायहरु विस्तारै खुल्दैछन् । कोरोनाको जोखिम भने अझै कम हुन सकेको छैन । नेपालमा दैनिक जसो कोरोना संक्रमितको संख्या थपिरहेको छ भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरु समेत बढिरहेका छन् । अहिले पनि काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । अझै यसरी भनौं भने देशमा कोरोना जोखिम झनै बढ्दो क्रममा देखिन्छ । बाँके पनि कोरोना जोखिमबाट भने अछुतो देखिदैन । बिहीवारसम्म बाँकेमा कोरोना संक्रमणकै कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् ।
केही अघिसम्म बाँकेका केही पालिकाहरुमा कोरोनाको सक्रिय केश शुल्य थियो । तर केही दिनयता नयाँ कोरोना संक्रमित थपिदा ती पालिकाहरुमा समेत कोरोना सक्रिय केश भए । यसले पनि देखाउँछ सरकारले लकडाउनको अन्त्य गरेसँगै कोरोना संक्रमितको जोखिम झन् बढाइदिएको छ । नेपालका विज्ञहरुले यहाँ कोरोना संक्रमण समुदाय स्तरमा नै पुगिसकेको बताएपनि विश्व स्वास्थ्य संगठनले भने कलस्टर रुपमा संक्रमण फैलिएको बताएको छ । अहिले सरकारले औपचारीक रुपमा नै लकडाउन अन्त्य भएको घोषणा गरिसकेको छ । लकडाउन अन्त्यपछि नै नेपालमा तिव्र रुपमा कोरोना संक्रमित थपिएका थिए । कोरोनाको संक्रमण फैलिनुमा केही भने तपाई हामी सबैका आनीबानी रहेका छन् । लकडाउनको अन्त्यको घोषणा गर्दा हामीले नेपालमा कोरोना भाइरस नै अन्त्य भइसकेको जस्तै गरेर बुझ्यौं । कोरोना संक्रमणको डर नै नमानी सामान्य स्वास्थ्य मापदण्ड पूरा नगरेर निर्वाध रुपमा हामी बजारमा निस्कीयो ।
अधिकांश व्यवसायीहरुले पनि स्वास्थ्य मापदण्ड पूरा गरेनन् । लामो समयपछि सेवाग्राहीका धेरै भिडभाड हुने कार्यालय खुले । त्यहाँ कोरोना जोखिमको कुनै मतलब नगरेर सेवाग्राहीको बाक्लो भिडभाड लाग्यो । बाँकेका केही सरकारी कार्यालय त कोरोनाको हटस्पट नै बन्न पुगे । झण्डै दुई साता जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी ग¥यो । अहिले भने बाँकेमा निषेधाज्ञा खुलिसकेको अवस्था छ । स्थानीय प्रशासनले स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गरिरहेको छ । तर स्वयम् मानिसहरुले स्वास्थ्य मापदण्ड पूरा गरेका छैनन् । अझै पनि मानिसहरु सामान्य मास्क लगाएर सडकमा खुलेआम हिडिरहेका छन् । अहिले कोरोनाबाट बच्नको लागि प्रमुख कुरा स्वास्थ्य मापदण्ड पूरा गर्न नै हो । अब तपाई हामीले स्वास्थ्य मापदण्ड पालना गर्नका कत्ति पनि ढिलाई गर्नुहुँदैन । त्यसो हुन सके केही भएपनि कोरोना संक्रमणको जोखिम पक्कै पनि कम हुनेछ ।









प्रतिक्रिया दिनुहोस्