नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल बिभाग प्रमुख डा. राजन पाण्डेलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उहाँले सोमबार स्वाब दिनु भएको थियो । भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा आज मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो । `ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो स्वास्थ्य पेजलाई भन्नुभयो-`कोभिड चेज गर्दा रिपोर्ट पोजेटिभ आयो ।´
डा. पाण्डे कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिनु भएको थियो । आफुलाई जोखिममै राखेर भएपनि डा.पाण्डेले बिरामीलाई उच्च मनोबलका लागि प्रेरित गर्दै आउनु भएको थियो ।
डा . पाण्डेले बिरामीकै उपचारमा खटिदा भाइरस संक्रमण भएको आसंका व्यक्त गर्नुभयो । ` नियमित बिरामीको सेवामा खटिरहदा त्यहीँबाट सरेको हुन सक्छ´ डा . पाण्डेले भन्नुभयो ।
संक्रमणपछि उहाँ भेरी अस्पताल आइसोलेसनमा बस्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्