दैलेखको गुराँस गाउँपालिका प्रकरण : टेलिफोन बार्ताका लागि छानबिन गर्न समिति गठन



दैलेखको गुराँस गाउँपालिका ६ को भिउँचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यको सार्वजनिक टेलिफोन वार्ताका लागि छानबिन गर्न समिति गठन गरिएको छ।

गुराँस गाउँपालिकाको एक उपभोक्ता समितिले योजना  काम नगरि पैसा बाँडेको अडियो सार्वजनिक भएपछि सत्य तथ्य पत्ता लगाउन समिति गठन गरिएको हो ।

पशुपति शर्माको संयोजकत्वमा रहेका छानविन समितिमा सुरेन्द महतरा, सुय नेपाली र उदय राज जैसि रहेका छन्र ।

गाउँपालिकाको भीउचुलादेखि पुलिया सडक निर्माण उभोक्ता समितिले २ लाख ७६ हजार रकम उपभोक्ता समितिका तीन जनाले बाँडेको अडियोमा खुलेको छ।

निर्माण उपभोंक्ता समितिका अध्यक्ष गगन खत्री, सचिव गोविन्द वली र कोषाध्यक्ष भक्तबहादुर रानाले ९२र९२ हजार रूपैयाँ बाँडेको खुलेको छ।

गाउँपालिकाका सव–ईन्जिनियर नविन कुमार विसी र वडा अध्यक्ष हिम बहादुर ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिर्इएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

वडा अध्यक्ष सुरेन्द्र महत्तरा, सव–इन्जियर उदयराज जैसी र सव–इन्जिनियर सूर्य नेपाली सहितको छानविन समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष ओलीले जानकारी दिए ।

उनले छानविन समितिको प्रतिवेदन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष ओलीको भनार्इ छ। अध्यक्ष ओलीले वडाअध्यक्ष ओली र सव–ईन्जिनियरले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कार्वाही गरिने जिकिर गरे ।

समितिका अध्यक्ष खत्रीले आफुसहित ३ जनाले रकम बाँडेर लिएको टेलिफोन कुराकानीमा भनेका छन्र । समितिका अध्यक्ष खत्रीले स्थानीय हिक्मत वलीसँग भएको टेलिफोन कुराकानीमा तीन जनाले ९२/९२ बाँडेर लिएको खुलेको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ८ गते सोमबार