कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको लाइन्स क्लब कोहलपुरद्वारा ६० हजार बराबरको सहयोग गरेको छ । आइतबार एक औपचारीक कार्यक्रममा लाइन्स क्लबले नेपालगञ्जमा बन्न लागेको कोरोना अस्पताललाई २० हजार र कोहलपुर मेडिकल कलेजमा हात धुने मेसिन ४० हजार बराबरको गरी जम्मा ६० हजार बराबरको सहयोग गरेको हो । लाइन्स क्लब कोहलपुरका सदस्य सदस्य प्रबन्ध निर्देशक जयसिंह केसीले कोरोना रोकथाम र नियन्त्रणको लागि सहयोग गरेको बताए ।
‘अहिले विपद्को समयमा प्रशासनले मात्र गरेर हुँदैन’ उनले भने, ‘सबैको सहयोगमार्फत कोरोना नियन्त्रण हुन्छ ।’ पाँच सय लिटरको हात धुने मेसिन हो उनले थपे यसलाई खुट्टाले थिचे पछि पानी आउँछ त्यसपछि हामीले सहजीलै हात धुन सकिन्छ । अस्पतालमा जाने/आउने क्रममा हात धौऔ कोरोना भगाउ भन्ने सन्देशसहित हात धुने मेसिन राखेको उनको भनाई थियो ।
यस्तै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले विपद्को समयमा स्थानीय सरकारलाई सहयोग गरेको भन्दै आभार प्रकट गरे । कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सम्पूर्ण कोहलपुरबासीलाई लाग्न उनले अपिल समेत गरे ।
प्रतिक्रिया दिनुहोस्