कोहलपुर :
जिल्ला प्रहरी कार्यालय बाँकेले एक १२ वर्षीया करणी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लामो समय देखि जवर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको हो ।
जिल्ला अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्र्तगत दुबै मुद्धाको फरार प्रतिवादीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
२०७२ साल कार्तिक २७ गते साविकको कम्दी ९ हाल डुडुवा गाँउपालिका ५ बाहुन बगैचा स्थित १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरी फरार भएका मोहन विक्रम शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेबाट उक्त मुद्धामा ३ वर्ष ११ महिना १६ दिन कैद सजाय तोकिएका २२ वर्षिय शाही त्यसयता फरार रहँदै आएका थिए ।
प्रकाशित मिति : २०७७ भदौ १ गते सोमबार










प्रतिक्रिया दिनुहोस्