कोहलपुरकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु



कोहलपुर ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत २३ गते अस्पतालमा भर्ना भएकी कोहलपुर नगरपालिका २ की ७० वर्षिया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अस्पतालमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको जानकारी दिए ।

‘अस्पतालमा उपचार गराइराखेकी कोरोना संक्रमण महिलाको मृत्यु भएको छ’ उनले भने, ‘यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २५ गते आइतबार