कोहलपुरमा बृहत् रक्तदान



कोहलपुर ।

बाँकेको कोहलपुरमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा करिब ३ सय जनाले रक्तदान गरेका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कोहलपुर नगर समितिले शुक्रबार बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

कोरोना कहरका कारण बाँकेमा रगत अभाव भइरहेको अवस्थामा तरुण दल कोहलपुरले आयोजना गरेको रक्तदान कार्यक्रम २ सय ९४ जनाले रक्तदान गरेका गरेका थिए । तरुण दलका कोहलपुर नगर सभापति हरिसिंह कठायतले गम्भीर खालका बिरामी तथा रगत दिनैपर्ने बिरामीहरुलाई सहयोगको लागि रक्तदान गरिएको जानकारी दिए ।

बृहत् रक्तदान कार्यक्रममा सहयोगी दाताहरुको उत्साहजनक सहभागिता रहेको उनले बताए । उक्त कार्यक्रममा नेपाल तरुण दलका बाँके सभापति वीरेन्द्र शाह, सचिव विनोद रिजाल लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १० गते शनिबार