पुष्कर रिजालका सुन्दर मुक्तक




भन्थ्यौ हिजो के छ र यार ! जिन्दगीमा
अब त भन्छौ नि, छ संसार जिन्दगीमा
समय बदलियो र जीवन बुझ्यौ आफ्नै
बाँच्नुमै त छ खुसी अपार जिन्दगीमा !

कोरोना मृत्युको घण्टी बजाउँछ नटेरेर
दुस्मन मूलबाटो खनाउँछ नटेरेर
आफन्त नभेटेरै कैयन् यी बिरामी
खै कस्ले आर्यघाट पठाउँछ नटेरेर !
कोहलपुर, बाँके

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३ गते शनिबार