सुर्खेत ।
दैलेखको ठाटिकाँध गाउँपालिका को वडा नम्बर ३ मा बिहिबार राती देखी परेको अबिरल बर्षका कारण गएको पहिरोमा परेका स्थानीयको उद्धार हुन सकेको छैन् ।
गयराति ३ बजे गएको पहिरोबाट उक्त ठाउँका १३ वटा घर जोखिममा परेका छन् । भने गाउपालिका वडा नम्बर ३ बिशाला खुडखुडीका रंगबहादुर आलेको घर बगाएको छ । छिमेकीको सहयोगमा पुरिएको उद्वार गरिएको छ ।

उक्त पहिरोमा परि रंगबआदुर आले र उनकि श्रीमती चन्द्रा आलेको अवस्था गम्बिर रहेको र छोरा हिमबहादुर आले सामान्य घाइते भएका अनेरास्ववियु दैलेखका सह(संयोजक हेमन्त दशौदीले जानकारी दिएका छन । बर्षातको समयमा सडक बिग्रेकाले एम्बुलेन्स जान नसकेकोले प्रहरी प्रशासन भने उक्त घटना तिर पुगेको छैन् ।

उक्त वडाका वडाअध्यक्ष कणर्बहादुर शाहीलाई यस घट्नाबारेमा पुरै जानकारी नभएको र आफुबाहिर रहेको र उक्त स्थल तिर जादैँ गरेको जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्