कोहलपुर ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सरकारले शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई २८ औं आईजीपीमा बढुवा गरेको थियो ।
थापासँगै एआईजी हरिबहादुर पाल महानिरीक्षक बन्ने प्रतिष्पर्धामा थिए । तर, सरकारले एआईजी बढुवामा समेत १ नम्बरमा रहेका थापालाई नै आईजीपी नियुक्त गरेको हो । थापा पछिल्लो समय मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका थिए ।
अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गरेदेखि थापाले अधिकांश बढुवामा आफूलाई पहिलो नम्बर वरियताको अधिकृतका रुपमा उभ्याउँदै आएका थिए । उनी संगठनभित्र व्यवसायिक एवं इमान्दार अधिकृतका रुपमा चिनिन्छन् ।
प्रकाशित मिति : २०७७ असार २४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्