कोहलपुर ।
बाँके कोहलपुर क्षेत्रका उद्योग व्यवसाय आज (असार १५) मा बन्द गर्न कोहलपुर उद्योग बाणिज्य संघले सूचना जारी गरेपछि व्यवसायी आक्रोशित भएका छन् ।
संघले आइतबार साँझ एक सूचना जारी गरेर सोमबार पसल व्यवसाय बन्द गर्न आग्रह गरेको थियो । संघको जारी गरेको सूचनाको विरुद्ध संघकै पदाधिकारी र सदस्यहरु समेत उभिएका छन् ।
संघका उपाध्यक्ष प्रदिप भट्टराई, उपमहासचिव मात्रिका सापकोटा लगायतका पदाधिकारीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत विरोध जनाएका थिए ।
कोरोना कहरका कारण व्यापार व्यवसाय धरासायी बनेको बेला व्यवसायीहरुको हकहितमा काम गर्ने संघले नै बन्द गर्न निर्देशन दिएपछि व्यवसायीहरु आक्रोशित भएका हुन् ।
संघले बन्द गर्न सूचना जारी गरेपछि सामाजिक सञ्जाल फेसबुकमा यस्ता प्रतिक्रियाहरु आएका थिए ।
प्रकाशित मिति : २०७७ असार १५ गते सोमबार












प्रतिक्रिया दिनुहोस्