कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेका क्वारेन्टिनमा बसेका नागरिकहरुका लागि यहाँका एक युवाले व्यक्तिगत खर्चमा तरकारी सहयोग गरिरहेका छन् । नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यले कोहलपुरका सबै वडामा रहेका क्वारेन्टिनमा तरकारी सहयोग गरिरहेका हुन् । यस अघि पनि उनकै अगुवाईमा लकडाउनका कारण समस्यामा परेका नागरिकहरुको लागि ‘हुने खानेले हुदाँ खानेलाई सहयोग गरौं’ नामक भन्ने फेसबुक अभियान मार्फत सहयोग संकलन गरि राहत वितरण गरिएको थियो ।
अहिले भने भारतबाट आएर नगरभित्रका क्वारेन्टिनमा बसिरहेका नागरिकहरुको लागि सहयोग होस् भन्ने उद्देश्यले व्यक्तिगत खर्चमा सहयोग प्रदान गरिरहेको आचार्यले बताए । उनका अनुसार नगरपालिका भित्रका सबै क्वारेन्टिनमा हरियो तरकारी पु¥याउने यो अभियान हो । अभियान अन्तर्गत विहिबार वडा नम्बर १३ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारमा रहेका नागरिकहरुलाई ७० केजी हरियो तरकारी ‐लौका, भिण्डी, करेला फर्सी र खुर्सानी) वितरण गरिरहेको उनले जानकारी दिए । ‘सबै क्वारेन्टिनमा वितरण गर्ने हो ।
अहिलेसम्म ७ वटामा वितरण गरिसके । केही दिनमा सबैमा बाँडेर सकिन्छ होला । क्वारेन्टिनमा रहेकाहरुलाई खान तरकारीको अभाव नहोस भन्नको लागि सहयोग गरेको हुँ ’ अध्यक्ष आचार्यले भने । उनले यस अघिको अभियानको क्रममा ३ सय जना भन्दा बढी विपन्नहरुलाई सहयोग गरिएको बताए । अहिलेसम्म करिब १० क्विन्टल जति तरकारी सहयोग गरिएको उनको भनाई रहेको छ ।









प्रतिक्रिया दिनुहोस्