19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सुबिसुको क्लियर टिभीमा अनलाइन कक्षा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १, २०७७  

कोहलपुर :
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले क्लिएर टिभिमा अनलाइनमा कक्षा सुरु गरेको छ ।

अहिलेको विषम परिस्थितिको मध्यनजर गर्दै नेपाल सरकारले समेत विभिन्न माध्यमबाट पठनपाठनको व्यवस्था मिलाएसँगै सुबिसुले समेत अनलाईन कक्षको सुरुवात गरेको हो ।

यस बिषम परिस्थितिमा बिद्यार्थी बर्गहरुको पठन पाठनमा अबरोध नहोस भनिक्लियर टिभी सेवामा ई कक्षा प्रसारण सुरु गरेको जनाइएको छ । ई –कक्षा क्लियर टिभीको २९३ नं च्यानलमा प्रसारित छ ।

कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समाबेस गरि च्यानलको प्रसारण सुरm गरिएको हो ।

विज्ञान,समाजिक शिक्षा,अगँे्रजी,हिसाब नेपालीको पाठ्यक्रम समावेश गरिएको हुने भएको एक प्रेस विज्ञप्ति जारी गर्दै जनाइएको छ । यस ई – कक्षा सोमबार देखि शुक्रबार सम्म बिहानको ११बजे देखि सुरु हुनेछ ।

बिद्यार्थी बर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न सक्नुहुने छ ।

प्रकाशित मितिः सोमवार, असार १, २०७७     3:44:04 PM  |