बर्दियामा पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । जिल्लामा रहेका ८ स्थानिय तह मध्ये गेरुवा गाँउपालिका बाहेक सबै स्थानिय तहमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघिय, प्रदेश र स्थानिय सरकार सँगै मातहतमा रहेका सम्पुर्ण निकायहरुको ध्यान पनि यसैमा केन्द्रित रहेको छ । एकातर्फ कोरोना महामारीले त्रसित बनाएको छ भने अर्को तर्फ दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । यो अवस्थामा बाँसगढी क्षेत्रको शान्ति सुरक्षासँगै समग्र पछिल्लो अवस्थाका बिषयमा ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यसँग मिसन सम्वाददाता रावन विश्वकर्माले कुराकानी गरेका छन् ।
१. पछिल्लो समयमा कोरोना संक्रमण बढ्दो छ । बाँसगढी क्षेत्रको अहिलेको अवस्था कस्तो छ ?
नेपाल सरकारले लकडाउन घोषणा गरेको मंगलबार ७७ औँ दिन भयो । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि जेठ ३१ गते सम्म निषेधाज्ञा जारी गरिरहेको अवस्था छ । यो बिचमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि धेरै किसिमका उपायहरु अपनाएको अवस्था छ । एकातिर हामीले शान्ति सुरक्षा, विपत्, लागुऔषध नियन्त्रण, सडक दुर्घटना व्यवस्थापन, घरेलु हिंसा, जुवातास नियन्त्रण, मादकपदार्थ सेवन, चोरी तस्करी, अवैध व्यापार, बजार अनुगमनका साथ साथै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा पनि अहोरात्र खटि रहनुपर्ने हाम्रो परिस्थिति छ । बाँसगढी क्षेत्रमा पनि स्थानिय प्रशासन, स्थानिय सरकार, नेपाल प्रहरी संयुक्त रुपमा समन्वयात्मक रुपमा सबै परिचालित भएका छौँ ।
बिचमा कोरोना रोकथामका लागि नेपाल भित्रबाटै आएका व्यक्तिहरुलाई व्यवस्थापन गरियो र अहिले पछिल्लो अवस्थामा भारतबाट नेपालीहरु आउने क्रम बढ्दो भएको हुँदा भारतबाट आएका व्यक्तिहरुमा कोरोना उच्च जोखिम हुने हुँदा सबैलाई क्वारेन्टिनमा राख्ने गरेका छौँ । बाँसगढी क्षेत्रका विभिन्न विद्यालयहरुमा १९ वटा क्वारेन्टिन निर्माण गरि उनीहरुको व्यवस्थापन गरिएको छ भने बाँसगढी नगरपालिकाको नवनिर्मित भवनमा १८ सैयाको आईसोलेसन सेन्टरको निर्माण गरिएको छ । त्यहाँ पनि अहिले कोरोना संक्रमण पुष्टि भएका १६ जनालाई राखिएको छ । बिशेष गरी लकडाउनलाई पालना गर्ने सन्दर्भमा हामीले गाँउ टोल सम्म पुगेर समुदायका नागरिकहरुलाई सम्झाउने बुझाउने काम गरेका
छौँ । अझै पनि केही समुदायमा लकडाउनलाई पालना नगरेको, उलंघन गरेको, समुहमा बस्ने, जुवातास खेल्ने गरेको जस्ता सुचना पनि आउने गर्छन । त्यसको लागि हाम्रो प्रहरी तुरुन्तै पुगेर सम्झाई बुझाई गर्ने, निरुसाहित गर्ने, केहीलाई नियन्त्रणमा लिएको पनि अवस्था विद्यमान छ । अहिलेको यो संक्रमित अवस्थामा विशेष गरी व्यक्तिलाई गिरप्तार गरेर मुद्धा दर्ता गर्नु भन्दा उनीहरुलाई सम्झाई बुझाई अन्तिम चेतावनी दिने गरेका छौँ ।
२. बाँसगढी क्षेत्रको पछिल्लो शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
बाँसगढी क्षेत्रको शान्ति सुरक्षाको अवस्था अहिले सामान्य नै छ । अब बिशेष गरी कुटपिट, घरेलु हिंसा, जुवातास र मापसे सेवनहरुका घटना यताकता देखिएका छन् । चोरी तस्करी र अवैध व्यापारमा पनि जिल्ला प्रहरी कार्यालय, हाम्रो ईलाका प्रहरी कार्यालयको समन्वयमा चोरी तस्करी र अवैध व्यापारलाई पनि नियन्त्रण गर्ने प्रयास हामीले गरेका छौँ । केही चाँही नियन्त्रणमा पनि लिएको अवस्था छ । त्यस्तै बजारमा कालो बजारी र अवैध व्यापार पनि नहोस् भनेर हिसाबले बजार अनुगमनलाई पनि तिव्र पारेका छौं ।
लकडाउनको अवधिमा पनि बाँसगढी नगरपालिका, ईलाका प्रशासन कार्यालय बाँसगढी, ईलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी उद्योग वाणिज्य संघ र सञ्चारकर्मीसहितको टोलीले संयुक्त रुपमा बाँसगढी क्षेत्रमा ५ पटक बजार अनुगमन गरिएको छ । अहिले सबैभन्दा बढी हाम्रो ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमै बढी केन्द्रित भएको हँुदा अन्य घटनाहरुलाई पनि हेर्नु पर्ने त हुन्छ तर पनि यति बेला हामी बढी कोरोना रोकथाम तथा नियन्त्रण मै बढी केन्द्रित भएका छौँ ।
३. ईलाका प्रशासन कार्यालयमा अहिले कस्ता खालका उजुरी आउने गरेका छन् नी ?
अहिले लकडाउनको अवस्थामा लिखित उजुरी त परेका छैन्न । बिशेष गरी लकडाउनको उल्लंघन, लागुऔषध, मादकपदार्थ सेवन जुवातास, घरेलु हिंसा लगायतका गाँउ टोलबाट मौखिक उजुरीहरु आउने गरेका छन् । जहाँबाट आएको छ त्यसको सत्य तथ्य बुझेर ईलाका प्रहरी कार्यालयको टोली परिचालन हुने गरेको अवस्था छ ।
४. ईलाका प्रशासन कार्यालयबाट अहिले के–के सेवा सुविधा दिने गर्नु भएको छ ?
अहिलेको कोरोना महामारीको परिस्थितिमा नेपाल सरकारले लकडाउन घोषणा गरेदेखि हालसम्म हामीले जारी गर्ने सार्वजनिक सेवाहरु बन्द गरेका छौं । अहिले हामी बिशेष गरेर शान्ति सुरक्षा, विपत् लागु औषध नियन्त्रण, सडक दुर्घटना व्यवस्थापन, जुवातास नियन्त्रण, चोरी तस्करी र अवैध व्यापारमा हामी बढी केन्द्रित भएका छौँ । नेपाल सरकारको मन्त्री परिषद्को अर्को आदेश नभएसम्मलाई हामीले कार्यालयबाट सार्वजनिक सेवा दिने अवस्थामा छैनौं । नागरिकहरुका दैनिक सार्वजनिक प्रशासनका कामहरु रोकिएको अवस्था छ । सरकारले अहिले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको हुँदाले अन्य सार्वजनिक कामहरु रोकिएका छन् । मन्त्री परिषदले असार १ गतेबाट सार्वजनिक सेवाहरु अन्य सेवाहरुमा पनि सुरक्षा मापदण्ड अपनाएर कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा उच्च स्तरिय समितिमा राय सल्लाह सुझावसहित कार्यदेश दिएको अवस्था छ । मन्त्री परिषद्ले सबै कुराको विश्लेषण गरेर कुन कुन जिल्लामा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा निर्णय गरि गृह मन्त्रालयबाट आएको परिपत्र अनुसार जिल्लाको बस्तुगत स्थितिलाई बिश्लेषण गरी हामी अगाडी बढ्छौँ ।
५. ईलाका प्रशासन कार्यालय बाँसगढीको भवन निर्माण पनि हुँदै छ । भन्ने सुनिएको छ । यसको काम के भईरहेको छ ?
हाम्रो लामो प्रयासबाट ईलाका प्रशासन कार्यालयको भवन निर्माणको लागत अनुमान तयार भई गृह सचिव ज्युबाट स्वीकृति पनि भईसकेको अवस्था छ । भवन निर्माणको प्रक्रियामा गएको छ । त्यसपछि प्राविधिक मुल्यांकन, आर्थिक प्रस्ताव सहित निर्माण व्यवसायीसँग सम्झौता र कार्यादेश गरेर हामी अगाढी बढ्छौं । करिब ४ करोडको लागतमा ईलाका प्रशासन कार्यालय बाँसगढीको भवन बाँसगढी नगरपालिका वडा नम्बर ८ ककौरामा निर्माण हुँदैछ ।
६. बाँसगढी क्षेत्रमा अहिलेको समयमा के कस्ता समस्या र चुनौतिहरु हुन सक्छन नी ? यसको समाधानका लागि के गर्न सकिन्छ ?
अहिलेको समयमा सबैका ध्यान कोरोना रोकथाम मै छ । हामीले बारम्बार समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, साबुन पानीले हातधुने भने भनिरहेका छौँ । अहिले बिशेष गरी भारतबाट आएका हाम्रा दाजुभाई दिदिबहीनीहरु क्वारेन्टिनमै हुनुहुन्छ । १४ दिन क्वारेन्टिनमा बसेपछि १५ दिनपछि पीसीआर गरेरै उहाँहरुलाई घर पठाउने हाम्रो सोच हो । तै पनि हामीले केन्द्र सरकार प्रदेश सरकारसँग बारम्बार अनुरोध पनि गरेका छौं । तर पनि पर्याप्त मात्रामा पीसीआर नआई सकेको हुँदा सबैको आरडिटी गरेर नेगेटिभ देखिएकालाई एकान्तबासमा घर मै सुरक्षित बस्ने गरी अनुरोध गर्दै क्वारेन्टिबाट घर पठाउने गरेका छौँ । अब एक पटक पीसीआर गरेपछि पनि सधैका लागि ढुक्क हुने होईन यो एउटा खोप पनि होईन यसमा सबैभन्दा ठुलो औषधी भन्नु नै सामाजिक दुरी हो । जति सामाजिक दुरी, भौतिक दुरीकायमगर्न सकिन्छ तेतिनै सुरक्षितभईन्छ । पिसिआर गरेर पनिअर्को संक्रमितव्यक्ति सँग नजिकभएमा फेरी पनि सर्न सक्छ । अहिले समुदाय सम्मपनिकोरोना फैलि सकेको हुदा समुदायमा बस्ने नागरिकहरुले वैज्ञानिक रुपमाबिश्लेषण गरेर सामाजिक दुरी कायमगर्ने, नआतिने, माक्स लगाउने, साबुनपानीले हातधोएर नै हामी सुरक्षितहुन सक्छौ । कोरोनाअहिले ठुलो चुनौतिको रुपमा देखा परिरहेको छ । स्थानिय सरकार, स्थानियप्रशासन, सुरक्षानिकाय, राजनितिकदलहरु हामी सबै समन्वयात्मकहिसावमा अगाढी बढिरहेका छौँ । कोरोना रोकथामतथा नियन्त्रणका लागिहामीले गरेकाआदेश र राय सल्लाह सुझावहरु आमनागरिकहरुले पालनगरिदिनकालागि म हार्दिक अनुरोध समेत गर्न चाहान्छु ।
७. अन्तमा के भन्न चाहानुहुन्छ नी ?
बाँसगढी क्षेत्र भित्र बस्ने आदरणिय बुवाआमा, दाजुभाई तथा दिदि बहिनीहरुलाई अहिलेको परिस्थितिमा असाध्यै कोरोना महामारीको जोखिम यति लामो हुदाँ पनि अब हामी उच्च जोखिमको अवस्थामा छौँ । यस्तो अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन गरेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । विभिन्न सञ्चार माध्यामहरुबाट स्वास्थ्य सुचना सामाग्रीहरु पनि बारम्बार प्रसारण भईरहेको अवस्था छ । यि सबै कुराहरुलाई मध्यनजर गरेर कोरोना महामारीबाट आफु पनि बच्ने र आफ्ना परिवारलाई पनि बचाउने र सिंगो समुदायलाई बच्चाउनका लागि सबै नागरिकहरु लाग्नु हुनेछ । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बर्दिया बासीनागरिकहरुको लागि हो । हामी सबैको स्वास्थ्यको लागि हो । त्यसैले सबै सुरक्षित तरिकाले घर मै बस्न र अत्यावश्यक कामका लागि बाहिर निस्कदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि निस्कन अनुरोध गर्न चाहान्छु ।









प्रतिक्रिया दिनुहोस्